दार्मा गाउँपालिकाको ३ वुदे निर्णय, वडाबाट राहत बाड्ने,सहकारी मार्फत खाद्यान्न डिपो संचालन, कालोबजारी नियन्त्रण गर्ने

चैत २७, सल्यान

सल्यानको दार्मा  गाउँपालिकाको चैत्र २६ गते बसेको बैठकले  ३ बुदे निर्णय गरेको छ ।

जस अनुसार पहिलो बुदामा,

राहत वितरण कार्र्यिबधि र मापदण्डका आधारमा च्ःत् को परामर्श र ध्एच्ऋऋ हुँदै वडाको सिफारिसमा एच्ऋऋ र कार्यपालिकाले निर्णय गर्ने, मापदण्डका आधारमा छनौट भएका राहत पाउने सूचीमा परेका व्यक्तिहरूको नाम वडा कार्यालय तथा गाउँपालिकाको कार्यालयको सूचना पाटीमा र वेबसाइटमा दावी विरोधका लागि ३ दिनको समय दिएर सार्वजनिक गर्ने र ३ दिनपछि गाउँपालिकाले अन्तिम नामावली प्रकाशन गरेर वडा कार्यालय मार्फत राहत वितरण गरिने निर्णय गरेको छ ।

त्यस्तै दोस्रो बुदामा,

मापदण्ड अनुसार छनौटमा नपरेका सबै जनसमुदायलाई राहत पुग्नेगरी सहकारी मार्फत् खाद्यान्न डिपो सञ्चालन गर्ने र सुपथ मूल्यका पसल राख्न लगाउने तथा त्यसका लागि सहकारीहरुलाई गाउँपालिकाद्वारा ढुवानीमा अनुदान दिने निर्णय भएको छ ।

र अन्तिम बुदामा,

कालो बजारी र कृतिम अभावलाई रोक्न सबै खाद्यान्न पसलहरुमा अनिवार्य मूल्यसूची राख्नुपर्ने तथा सो सूची खरिद मूल्य, ढुवानी र ऐन र नियम अनुसार व्यापारीले लिन पाउने मुनाफाको आधारमा गाउँपालिकाले निर्धारण गरे अनुसार हुनेछ।

साथै व्यापारी व्यवसायीहरुलाई सामान ल्याउनका लागि गाउँपालिकाले आवश्यक सबै सहजीकरण गरिदिन जनाईएको छ

३ बुदे निर्णय कार्यान्वयन संगै कोरोना विरुद्ध सशक्त रुपमा लागी पर्ने गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुण ले बताएकाछन ।

प्रतिक्रिया दिनुहोस