सल्यानको बागचौर नगरपालिकाले अलपत्र नगरवासीलाई काठमाण्डौबाट ल्याउने

चैत, २७ सल्यान

सरकारले भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरे संगै सल्यानको बागचौर नगरपालिकाले राजधानीमा रहेका आफ्ना नगरवासीहरुलाई ल्याउनको लागि गाडीको व्यवस्था मिलाएको छ ।
घर आउन चाहाने नगरवासीले प्रस्ट विवरण खुल्ने गरि नगरका १२ वटै वडाअध्यक्ष, वडा सदस्यहरुलाई सम्पर्क गर्न नगरले भनेको छ ।
साथै बागचौर नगरका सुचना अधिकारीलाई पनि सम्पर्क गर्न सकिने भनिएको छ ।
बागचौर नगरपालिकाले काठमाण्डौमा अलपत्र रहेका नागरिकलाई चैत्र २८ गते मध्यान्न १२ बजे सम्म सम्पर्क गर्न समेत आव्हान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस