सामुदायिक वनले आफ्ना उपभोक्ताहरुलाई १ हजार ३ सय माक्स बाड्यो ।

दिपसागर भण्डारी
चैत २७, सल्यान
सल्यानको शिद्वकुमाख गाउँपालिका वडा नं. १ तल्लो बाँझकाडामा रहेको जलामारे सामुदायिक वन उपभोक्ता समितिले, आफ्ना उपभोक्ताहरुलाई आज १ हजार ३ सय माक्स बितरण गरेको छ ।

नोभल कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागी उक्त सामुदायिक वन उपभोक्ता समितिले आफ्न १सय ९६ घर धुरिका १हजार ३ सय जनालाई माक्स बितरण गरेको अध्यक्ष कालिबहादुर बुढाथोकीले जानकारी दिएका छ्न । नेपाल सरकारले गरेको लगडाउनलाई पुर्ण सहयोग गर्दै आफुहरुले स्थानीय स्थरमा कोरोना भाइरस सम्बन्धि सचेतता दिइरहेको समेत अध्यक्ष बुढाथोकीले बताए ।

पहिलो चरणमा १ हजार ३ सय माक्स सामुदायिक बनको कोषबाट उपभोक्ताहरुलाई आफुहरुले बितरण गरेको र कोरोनाको अवस्थालाई हेरेर आफुहरुले अझै पनि अन्य सहयोग का कार्य अगाडि बढाउने वनका सचीव दुर्गा बुढाथोकीले जानकारी बताए ।माक्स बितरण जलामारे सामुदायिक बन उपभोक्ता समितिका युवाहरुको सक्रियतामा बितरण गरिएको बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस