दियो अनलाइन
चैत २५, सल्यान ।
सल्यानको बागचौर नगरपालिकाले ६० थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) वितरण गरेको छ ।
मंगलबार नगर प्रमुख लोकमान बुढाथोकी र नगर उपप्रमुख कल्पना पुनको नेतृत्वमा नगर मातहतका सम्पूर्ण स्वास्थ्य संस्थाहरू कार्यरत स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई ५४ थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) वितरण गरिएको हो ।
४ थान पिपिई सवारी चालकलाई र बाकीँ २ थान पिपिई स्वास्थ्य शाखामा राखिएको छ ।
बागचौर नगरपालिकाले एन ९५ मास्क लगायत अन्य आवश्यक स्वास्थ्य सामाग्री यो भन्दा अगाडि नै वितरण भइसकेको थियो ।