दिपसागर भण्डारी
२४ चैत, सल्यान ।
नेकपाका ३ नेताले १० वटै स्थानीय तहलाई दिए राहत सहयोग दिएका छन ।
सल्यानका १० स्थानीय तहमा नेकपाका ३ नेताहरुले ब्यक्तिगत रुपमा, करिव साढे ३ लाख रकम बराबरको राहत बितरण गरेका छन ।
कोरोना भाइरसको रोकथामका निमित्त सरकारले गरेको लगडाउनका कारण दैनिकी गुजार्न गाह्रो परेका सल्यानका जनतालाई केहि राहतको अनुभुती दिलाउनको लागी आफुहरुले ब्यक्तिगत रुपमा,मानबिय सेवाको भावनाले जिल्लाका दश वटै स्थानीय तहमा राहतका सामाग्रीहरु हस्तान्तरण गरेको नेकपाका केन्द्रिय सदस्य,सल्यान जिल्ला सह इन्चार्ज तथा कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बताएका छन् ।शाहले संघिय सरकार,प्रदेश सरकार र स्थानीय सरकारले लागु गरेको एकद्वार पद्धति बाट राहत बितरणको कार्यक्रमलाई सहयोग पुगोस भनेर आफुहरुले जिल्लाका स्थानीय तह हरुलाई राहतको सामाग्री हस्तान्तरण गरेको बताएका छ्न ।सल्यान (क)कर्णाली प्रदेश सभा सदस्य समेत रहेका शाहले ज्याला मजदुरी गरेर परिवार पाल्ने बाध्यतामा रहेका र लगडाउनको कारणले दैनिक छाक टार्न र्गाहो परिरहेका परिवारको पहिचान गरि निस्पक्ष रुपले उक्त राहत सामाग्रीलाई बितरण गरिदिन सम्पुर्ण स्थानीय तहहरुलाई आग्रह गरेका छ्न। संसद शाहले उक्त राहतलाई राजनैतिक ढंगले नबुझी दिन समेत सबैलाई आग्रह गरेका छ्न ।कोरोना एक गम्भीर प्रकारको भाइरस भएकाले यस बाट जोगिनको लागी सरकारले गरेको लगडाउनलाई कडाइका साथ पुर्ण रुपले पालना गर्न जिल्ला बासीलाई आग्रह गरेका छ्न ।उनले आफु जनप्रतिनिधि भएको नाताले कर्णाली प्रदेश सरकारले गर्ने राहतलाई जनता सामु र्पुयाउने आफ्नो कर्तव्य भएकाले त्यसमा विस्वस्त रहन सल्यान (क) का जनताहरुलाई आग्रह समेत गरेका छन् ।
उक्त राहत कार्यक्रम लाई सहयोग गरेका नेकपाका अर्का नेता मनोज कुमार प्रधानले आगामी दिनहरुमा आफुहरुले ब्यक्तिगत रुपमा जिल्लाका दश वटै स्थानीय तहका दुखी र गरिव जनतालाई सहयोग गर्न तयार रहेको बताएका छ्न ।जिल्ला बासीमा आपत बिपत पर्दा सामाजिक सेवाको भावले सहयोग गर्न पाउदा खुसी रहेको बताएका प्रधानले,यो बिकराल अवस्थामा जनताको सेवामा निरन्तर खटिएका स्वास्थ्यकर्मी,सुरक्षानिकायलाई केहि सहयोग गर्ने मानषिक्तामा आफुहरु रहेको समेत बताएका हुन । उनिले जिल्ला बासीलाई कोरोनाको संक्रमणबाट जोगिन सरकारले गरेको लगडाउन र मानबिय व्यबहार लाई ख्याल गर्न समेत अनुरोध गरेका छ्न ।आइतबार र सोमबारका दिन हस्तान्तरण गरिएको राहत सामाग्रीले गरिव दुखिहरु प्रती केहि हद सम्म मलम लगाउन सक्ने भन्दै आफुहरु तिन जनाको ब्यक्तिगत लगानीमा दश स्थानीय तहहरुमा करिव साढे ३ लाख बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको बताएका छ्न ।एक स्थानीय तहमा ५ सय केजि चामल,२० लिटर खाने तेल र २० पोका आयोडिन नुन हस्तान्तरण गरेको उनले बताए ।
यस्तै ब्यक्तिगत राहत कार्यक्रम,नेकपा सल्यानका अर्को नेता तथा ब्यवसायी प्रमोद श्रेष्ठले अफ्ट्यारो परिस्थितिमा विपन्न बर्ग का लागी सहयोग गर्नु भनेको मानबिय धर्म भएको बताएका छ्न।उनिले आफुहरु कम्युनिस्ट बिचार धाराका मान्छे भए पनि,ब्यक्तिगतरुपमा गरेको जनताको सहयोगलाई राजनीतिक रुपमा नलिदिन जिल्ला बासिमा आग्रह गरेका छ्न ।अफ्ट्यारो परिस्थितिमा जनताको मर्म बुझेर सेवा गर्नु भनेको समाजमा पुन्य कमाउनु सरह बराबर भएकाले बिपन्न बर्ग र कोरोना भाइरसको चपेटामा परेका जोकोही जिल्ला बासिलाई सहयोग गर्ने कार्यमा एकता भैदिनुहुन सरोकारवालाहरुमा अनुरोध गरेका हुन ।उनले कोरोना भाइरसको अवस्था हेरि जिल्ला बासिको लागी जस्तो सुकै सहयोग गर्न आफुहरु तयार रहेको बताएका छ्न ।श्रेष्ठले सल्यानका दुरदराजमा बस्ने प्राय मानिसहरुको खेती योग्य जमिन नहुनु,कृषि कर्म प्रती चासो न दिनु र बजारिया सामानको भर पर्ने परिपाटीले जनतालाई अफ्ट्यारो पर्न सक्ने संभावना रहेकाले त्यता तिर ध्यान दिन तिनै तहका सरकार लाई अनुरोध गरेका छ्न ।
ब्यक्तिगत सहयोमा हस्तान्तरण गरेको राहत सामाग्री ग्रहण गर्द्वै सल्यान जिल्लाका दश स्थानीय तहका प्रमुखहरुले,राहत पाउने खालका परिवारको पहिचान गरि आफुहरुले उक्त राहत सामाग्री निसपक्ष रुपले बितरण गर्ने बताएका छ्न ।सल्यानका सम्पुर्ण स्थानीय तहका प्रमुखहरुले राहतको सामाग्रीको बन्दोबस्त गर्दिने नेकपाका तिनै जना नेता र उक्त कार्यमा लागेका सम्पुर्णलाई धन्यवाद समेत ज्ञापन गरेका थिय ।