टोपेन्द्र वली
मेयर साहेव
नमस्कार तथा अभिवादन,
आइतबार दिउसो सामाजिक संजाल चलाइरहेको थिए , एक्कासी बागचौर नगरपालिका सल्यानको समाचार देखे तपाईको घोषणा र कामले मनमा भुकम्प ल्याइदियो । त्यो भुकम्पले निराशा भन्दा सयौं गुना बढि आशाका कम्पनहरु महशुस गरे ।
समाचारमा लेखिएको थियो बानपाका मेयरले एक वर्षमा आफुले पाएको सेवा सुुविधा वाफतको रकम ४ लाख ५० हजार रुपैया कोरोना भाइरसको रोकथाम, अलपत्र परेका नगरबासीको उद्धार तथा विपन्न बर्गलाई राहत दिने उद्देश्यले स्थापना गरिएको राहत कोष मा जम्मा गरियो र जिल्लाकै करिब ४ करोडको राहत कोष घोषणा भएको खबर विभिन्न अनलाइन तथा समाजिक संजालमा देखे ।
निकै खुशी लाग्यो, मलाई याद छ तपाईले मेयरको चुनाव लड्दै गर्दा बागचौर नगरपालिकाबाट १ रुपैयापनि तलब,सुविधा लिन्न भन्ने घोषणा गर्नुभएको थियो । त्यैसै अनुरुप तपाइले पाउने सेवा सुविधाको रकम विभिन्न सामाजिक काममा खर्चिनु भएको छ । त्यसै अनुरुप यो वर्षको सेवासुविधा बराबरको रकम राहत कोषमा जम्मा गर्नु भयो , यो नेक कामका लागि यहाँलाई बधाई दिनचाहान्छु ।
म तपाईले नेतृत्व गर्नु भएको नगरपालिकाको वडा नं. ७ कोटबारा बासी हुँ, म आफ्नो परिवारलाई लालनपालन गर्न केही पैसा कमाउने उद्धेश्यका साथ दुई महिना देखि छिकेकी मुलुक भारतको सिम्लामा छु ।
म सहित थलबहादुर वलि, टोपेन्द वली, मोहोन भन्डारी, निम राज भन्डारि, रमेश भन्डारी, भिम बहादुर वलि, कुलबहादुर वलि, लाल बहादुर खडका, चुडामनि खडका, डिल्लि खडका, पिरम खडका, भिम बहादुर भन्डारी, समीर चन्द, राज भन्डारी, दल बहादुर खडका, खुम बहादुर वलि, ललिता वलि, मोहोन लाल भन्डारी, ठाकुर वलि, दुर्गा भन्डारी, किसन वलि, अमर वलि, देबराज भन्डारी, ज्ञान बहादुर भन्डारि, का परिवार, ४ जना टंक डाँगिका परिवार सबै दस जना हामी सबै यउटै नगरपालिका यउटै वडाका १०० भन्दा बढि छौं, हामी ईन्डिया हिमाचल शिमलामा छम ।
धेरै दिन भयो हामीले पेट भरि खाना पाएका छैनौ, यहाँको सरकारले काम पनि गर्न दिदैन, रासन पनि छईन, रोगले भन्दा भोगले मरिनि भईयो भनेर लगायत कोटबारका संयौ नेपाली यहाँ चिन्तामा परेका छौं ।
सबैको अबस्था यउटै छ सर यकै ठाँउमा बस्ना दिदैन टाढा टाढा छम बिहान उठेर जाँङगलमा गयर बस्नु पर्छ साँझ आयर सुतनु पर्छ यकदमै कस्टकर बन्दै छ जिवन ।
मेयर साहेव,
हजुरले घोषणा गरेको राहत कोषबाट नगरवासीको उद्धार गर्ने पनि भनिएको रहेछ, त्यसैले धेरै आशा जागेको छ ।
यदी हजुरले यो खुला पत्र पढ्दै हुनुहुन्छ भने, विन्ती हामीलाई हाम्रो घरमा ल्याउने व्यवस्था मिलाई दिनुहुनेछ भन्ने निकै ठुलो आशा बोकेका छौं ।
नगर सरकारले तय गरेको मापदण्ड अनुसार हामीलाई नेपाल ल्याई आफ्नै घरपरिवार नजिक बस्न दिइयोस् ।
तपाई हाम्रो नगरको अभिभावक तपाईलाई म सहित धेरै बानपा ७ कोटबारा वासीको प्रतिनिधित्व गर्दे यो अनुरोध गर्दछु की, मेयर साहेव ले चाडै पहल कदमी लिनुहुनेछ । चाँडै हामीलाई उद्धार गर्नुहुनेछ भन्ने आशा राख्दै आफ्ना शव्दहरु विट मार्छु ।
टोपेन्द्र वली
बागचौर नगरपालिका ७ कोटबारा, सल्या
हाल भारत सिम्ला