कोरोना कोषलाई नगर प्रमुखले दिए १ बर्षको सेवा सुबिधाको बापतको रकम, जिल्लामै ठुलो राहात कोष स्थापना

सल्यान बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले गत १ बर्षमा आफुले पाएको सेवा सुबिधा बापतको सम्पुर्ण रकम कोरोना भाइरस रोगथाम,उद्वार तथा राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छ्न ।
शनिबार बसेको नगर कार्यपालिकाको बैठक बाट उनले कोरोना भाइरसको रोकथाम, अलपत्र परेका नगरबासीको उद्धार तथा विपन्न बर्गलाई राहत दिने उद्देश्यले स्थापना गरिएको राहत कोष मा गत १ बर्षमा आफुले पाएको सेवा सुबिधा बापतको ४ लाख ५० हजार रकम जम्मा गर्ने घोषणा गरेका हुन ।
नगर प्रमुख बुढाथोकीले पहिलो स्थानीय निर्वाचनको चुनावी अभियानमानै आफु निर्वाचित भएपछि पाउने सम्पुर्ण सेवा सुबिधा बापतको रकम नगर बिकाशको सार्वजनिक कार्यमा लगानी गर्ने प्रतिबद्धता गरेका थिय । उनले ५ बर्षे कार्यकालमा आफुले पाउने सेवा सुबिधा बापतको रकम ब्यक्तिगत रुपमा नलिएर सामाजिक कार्यमा खर्च गर्ने कुरा फेरि पनि दोहोर्याएका छ्न।
यसैगरी बागचौर नगरपालिकाकी उप प्रमुख कल्पना पुनले आफुले पहिले पाएको सेवा सुबिधा बाट (एक महिनाको )रु ३० हजार रुपैया उक्त राहत कोषमा जम्मा गर्ने बताएकी छिन ।बागचौर नगरपालिका स्तरीय कोरोना भाइरस रोकथाम, उद्वार तथा राहत कोषमा, नगरपालिका का १२ वडाका वडा अध्यक्षहरुले पहिले पाएको सेवा सुबिधा बाट एक महिनाको प्रती ब्यक्ति २० हजार, कार्यपालिका सदस्यहरूबाट ११ हजार, वडा सदस्यहरूबाट पहिले पाएको सेवा सुबिधा बाट प्रती ब्यक्ति ६ हजारका दरले रकम जम्मा गर्ने घोषणा गरेका छ्न । सथै बागचौर नगरपालिका भित्रका स्वास्थ्य कर्मचारी र चालक बाहेक अन्य सम्पूर्ण शिक्षकहरु र कर्मचारीहरूबाट १ महिनाको तलब बापतको रकम उक्त राहत कोषमा जम्मा गर्ने निर्णय भएको नगर प्रमुख बुढाथोकीले बताए ।
नगर प्रमुख बुढाथोकीले बागचौर नगरपालिकाको चालु बजेट बाट रकमान्तरण गरि २ करोड बजेट, नगरपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट गरेर १ करोड र अन्य दाताबाट १ करोड गरि करिब ४ करोडको कोष बनाइने गरि काम अगाडि बढाइएको बताएका छ्न ।
शनिबार बसेको नगर कार्यपालिकाको बैठकले निम्न प्रकारका निर्णयहरु गरेको छ ।
१, कोराना भाइरस ९ कोभिड १९संक्रमण रोकथामको लागि मिति २०७६ चैत २ गते गठन भएको नगर स्तरीय कोरोना रोकथाम समन्वय समितिको बैठकले समितिको र वडा स्तरमा गठन भएका समितिको समीक्षा गरेको छ । साथै, थप तथ्याङ्क सङ्कलन तथा अपडेट गर्नका लागि स्वयंसेवक प्रत्येक वडामा ३/३ जना राख्ने निर्णय गरिएको छ । स्वयंसेवक राख्ने अधिकार वडा अध्यक्षलाई प्रत्यायोजन गरिएको छ । र, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा कार्यालयको टिम, स्वयंसेवक साथै सम्बन्धित वडामा खटिएका संरक्षक र गणक सहितको तुरुन्तै बैठक बसी आवश्यक कार्य अगाडि बढाउने निर्णय गरिएको छ ।
२, कोरोना भाइरसको रोकथाम, अलपत्र परेका नगरबासीको उद्दार तथा बिपन्न बर्गलाई राहत दिने उद्देश्यले ूकोरोना भाइरस रोकथाम, उद्दार तथा राहत कोष खडा गर्ने निर्णय गरिएको छ । कोषको रकम ग्लोबल आइएमई बैंक लिमिटेडको खाता नम्बर ३०४०१००००००५ राखिनेछ ।
३, कोरोना भाइरस रोकथाम, उद्दार तथा राहत कोषमा नगरपालिकाले २ करोड बजेट, नगर प्रमुखबाट गत १ वर्षको सेवा सुविधाको रकम रु. ४ लाख ५० हजार, उपप्रमुखबाट पहिला सेवा सुविधाबाट पाएको १ महिनाको रकम रु। ३० हजार, वडा अध्यक्षहरूबाट सेवा सुविधाबाट पाएको १ महिनाको रकम रु २० हजार, कार्यपालिका सदस्यहरूबाट सेवा सुविधाबाट पाएको १ महिनाको रकम रु ११ हजार, वडा सदस्यहरूबाट सेवा सुविधाबाट पाएको १ महिनाको रकम रु। ६ हजार साथै स्वास्थ्य कर्मचारी र चालक बाहेक अन्य सम्पूर्ण शिक्षकहरु र कर्मचारीहरूबाट १ महिनाको तलब जम्मा गर्ने निर्णय गरिएको छ ।
(नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट गरेर १ करोड बढी रकम उठ्नेछ ।)
३, असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहयहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ कार्यपालिका बैठकबाट पारित गरी कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।
४, प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा ५ बेडको आइसोलेसन निर्माण गर्ने, जनकल्याण क्याम्पसमा २५ बेडको क्वारेन्टाइन निर्माण गर्ने, साथै आवश्यकता अनुसार नगर भित्रका साबिकका गाविसहरू पिपलनेटा, कोटमौला, कोटबारा, बाफुखोला, शिवरथमा क्वारेन्टाइन बनाउँदै जाने निर्णय गरिएको छ ।
५, क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनको लागि थप स्वास्थ्यकर्मी आवश्यक पर्ने भएकोले नगरपालिकाले तुरुन्तै आवश्यक स्वास्थ्यकर्मीको सूचना निकाल्ने निर्णय गरिएको छ ।साथै, नेपाल सरकार, प्रदेश सरकारले गरेको निर्णय अनुसार नगरपालिका भित्र हुने सम्पुर्ण राहत संकलन, सहयोग
एकद्वार प्रणालीबाट गरिने नगरपालिकाले जानकारी दिएको छ र, कोरोना भाइरस रोकथाम, उद्दार तथा राहतको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको खाता नम्बर ३०४०१००००००५ मा सहयोग गरिदिन नगरपालिकाले आह्वान गरेको छ ।
यस्तै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले संघ सरकारको मापदण्ड अनुसार आफुहरुले पनि नगरपालिका स्तरिय, कोरोना भाइरस रोकथाम,उद्घार तथा राहत कोष खडा गरिएको बताएका छ्न ।उनले सरकारको नियम पालना गरेर कोरोना भाइरसबाट सुरक्षित रहेर आफ्नो क्षेत्रबाट जति सकिन्छ त्यती सहयोग गर्न अनुरोध गरेका छ्न ।नगर प्रमुख बुढाथोकीले राहतको लागी बागचौर नगरपालिकाले जग्गा जमिन नहुने तथा पेशा ब्यवसाय र जागिर नभएका हरुलाई पहिलो प्राथमिकता राखेको बताएका छ्न ।उनले स्वदेश तथा बिदेशमा कोरोना भाइरसका कारण अलपत्र परि, आफ्नो घर आउन चाहाने नगरबासी लाई,आफ्नो वडाका,वडा अध्यक्ष लाई खवर गर्न अनुरोध गरेका छ्न । वडा अध्यक्षलाई खवर गर्न नसके पछि आफुलाई सहज हुने गरि वडा अध्यक्ष समक्ष जानकारी पुग्ने गरि खवर गर्न आग्रह गरेका हुन ।बागचौर नगरपालिका राप्ती राजमार्गमा पर्ने भएकाले नगरमा हिडेर आउनेका लागी साबिकका प्रत्येक गा.बि.समा १ क्वारेन्टाइन बनाउने, जनकल्याण क्याम्पसमा २५ बेडको क्वारेन्टाइन निर्माण गर्ने र प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा ५ बेडको आइसोलेशन कक्ष तयार गरिने उनले बताएका छ्न ।
प्रतिक्रिया दिनुहोस