कोरोना , क्रन्दन अनि हाम्रो कर्तब्य

कोरोना , क्रन्दन अनि हाम्रो कर्तब्य

‘‘कोरोना भाइरसबारे अनावश्यक, अतिरञ्जित र अनर्गल प्रचारप्रसार नगरौं । सुरक्षाकर्मीको आँखा छलेर लुकामारी  नगरौं ।’’

  • लेखक : बीरबहादुर सेजवाल

डिसेम्वर १०, २०१९ को दिन विश्वको सुपर पावर मानिने चीनको वुआन सहरकी एक माछा ब्यापारी ५७ वर्षिय महिला मिकु जियानमा रुघा खोकी जस्तो रोग लागेर औषधी गर्दा पनि उनी डिसेम्वर १८, २०१९ मा वेहोस भएको र त्यसपछि ४० जनालाई उनकाृ जस्तै मिल्दोजुल्दो रोग लागको पाइएको थियो अनि वुहानका पदाधिकारीले अज्ञात रोगबारे ध्ज्इ लाई सूचना पु¥यायो । अनि WHO ले ७ जनवरी २०२० मा त्यस अज्ञात रोगको ncov  अर्थात् 2019 Novel Coronavirous नामाकरण गरेको थियो जसलाई Coronavirous Disease ” Covid 2019 ” भनि चिन्ने गरिन्छ ।

चिकित्सकका अनुसार नोबल कोरोना ( २०१९ – लअयख ) भाइरस पहिले पनि सन् २००२ मा चीनमा नै फैलिएको क्ब्च्क र सन् २०१२ मा मध्यपूर्वको MERs को एक समूहको सदस्य रहेको वताइएको छ । कोरोनाको मूल स्रोत हालसम्म पहिचान नभए पनि स्वास्थ्य अधिकारीहरुका अनुसार यसको संभावित कारण वुआनवासीको समुन्द्री खाना एवम् चमेरा , कोब्रा सर्प जस्ता जन्तुको उपभोग रहन सक्ने वताइएको छ ।

कोराना भाइरसका लक्षणहरु :

· ज्वरो आउनु ( एक सय चार डिग्री फरेनहाइटभन्दा बढि सम्म )

· सुख्खा खोकी लाग्नु

· मांसपेसी दुख्नु

· थकान लाग्नु

· असामान्य तरिकाले टाउको दुख्नु

· कहिलेकाहीँ झाडापखाला लाग्ने

· श्वास फेर्न गाह्रो हुनु

· खोकीसँगै रगत देखिनु

कोराना भाइरस कसरी सर्छ ?

· संक्रमित मानिसको प्रत्यक्ष सम्पर्कबाट जस्तै हात मिलाउदा , अंकमाल गर्दा आदि

· संक्रमित मानिसको चुम्वन , ¥याल आदिबाट

· संक्रमित मानिसले खोक्दा , हाछ्यौँ गर्दा

· संक्रमित मानिसले छोएको स्थानमा छुँदा

कोराना भाइरसको रोकथाम :

· पटक पटक सावुन र पानीले कम्तिमा २० सेकेण्ड लगाएर मिचि मिचि हात धुने

· उपयोगी माष्क प्रयोग गर्ने

· खोक्दा वा हाछ्युँ गर्दा सफा कपडा वा टिष्यू पेपरले नाक, मुख छोप्ने ।

· जथाभावी छोएका हातले नाक , मुख , आँखामा नछुने

· रुघाखोकी लागेका ब्यक्तिको नजिक सकभर नजाने

· जंगली तथा घरेलु पशुपंछीसँग असुरक्षित सम्पर्कबाट टाढा रहने

· माछा , मासु र अण्डा राम्ररी पकाएर मात्र खाने

· भिडभाड जस्तै सार्वजनिक स्थान, यातायात, सिनेमा घर , सभा , सम्मेलन, भोज लगायतका ठाउँमा नजाने

· रुघाखोकीको लक्षण देखा परेमा चिकित्सकसँग परामर्श गर्ने

· सरसफाइमा विशेष ध्यान दिने र स्यानीटाइजरको प्रयाृेग गर्ने

· घरायसी सामान एकआपसमा नसाट्ने

· सकभर परिवारका सदस्यबाट पनि आफूलाई अलग्गै राख्ने

· लकडाउनलाई कडाइकासाथ पालना गर्ने गराउने

· कोराना प्रभावित वाह्य मुलुकबाट आएका ब्यक्तिहरु २ हप्तासम्म क्वारेन्टाइनमा बस्ने ।

कस्तो ब्यक्ति बढि कोरोनाको उच्च जोखिममा हुन्छन् ?

· दीर्घ रोगी र बुढो उमेरका ब्यक्तिहरु

· मुटु , क्यान्सर रोगी

· मृगौला, दम रोगी

· एच आई भी संक्रमित

· प्रतिरक्षा प्रणाली कमजोर भएका बालबालिकाहरु

प्रमाणु अस्त्रशस्त्र , सूचना सञ्चार तथा प्रविधि एवम् आर्थिक रुपले सम्पन्न र विश्वकै शक्तिशाली राष्ट्रहरु अमेरिका ,चीन , बेलायत, ईटाली, स्पेन , जापान लगायतका मुलुक अहिले कोरोनाको सन्त्रासबाट हाप्पु न काप्पु भएको वर्तमान अवस्थामा हालसम्म यसको नियन्त्रणमा कुनै आधिकारिक औषधी पत्ता लागेको छैन र यसले विश्वका प्राय सबै मुलुकमा महामारीको रुपमा आफ्नो कब्जा जमाएको पाइन्छ र नरसम्भार मच्चाएको छ । हाल कोरोना भाइरसका कारणले विश्वमा दैनिक हजारौँको संख्यामा मानिसहरुको मृत्यु भैरहेको छ । मुलुकमा मानव अस्तित्व रहने वा नरहने भन्ने समेत प्रश्न उब्जिन थालिसकेको छ ।

नेपालमा कोरोनाको स्थिति ः

हाल कोरोना भाइरसको प्रभाव नेपालमा पनि पर्दै आएको छ र कोरोना संक्रमित ब्यक्तिहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गैरहेको छ । सीमित स्रोत साधनका वावजूत पनि नेपाल सरकारले कोरोना भाइरस नियन्त्रण गर्ने प्रयास गरेकै छ तापनि हाल यो प्रयाप्त छैन । आजको मितिसम्म आधिकारिक रुपमा कोरोना संक्रमित ब्यक्तिहरुको संख्या ९ जना मात्र पुगेको छैन कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरिसकेको छ । यो एक भयावह स्थितिको संकेत पनि हो । नेपालको संवैधानिक संरचना अनुसार हाल नेपालमा ३ तहको सरकार रहेको र सवै तहले कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न प्रयत्न गर्दै आएको पाइन्छ । जसमा क्वारेन्टाइन र आइसोलेशनको ब्यवस्थापन गर्नु , कोरोना भाइरसबारे जनचेतना जगाउनु , आर्थिक कोष खडा गर्नु , राहत वितरण गर्नु लगायतका रहेका छन् ।

के हो लकडाउन ? किन गर्ने लकडाउनको पालना ? 

लकडाउन सम्बन्धमा विभिन्न अर्थ तथा भनाई रहेतापनि यसलाई निम्न अर्थमा वुझ्ने गरिन्छ  :

·        ‘A state of isolation or restricted  access instituted  as a security measures’

·        Nobody comes in and nobody goes out from home .

कुनै पनि राज्यले मुलुकमा संकटको स्थिति आइपरेमा लकडाउन गर्दछ र अत्यावश्यक काम बाहेक नागरिकलाई घरबाहिर ननिस्कन राज्यले जारी गरेको निर्देशन नै लकडाउन हो । औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि ब्यक्ति घरबाट बाहिर निस्कनु हँुदैन । यदि कुनै ब्यक्तिले सरकारको आदेशको पालना नगरेमा संक्रामक रोग ऐन वमोजिम् एक सय रुपैयाँ जरिवाना र १ महिनासम्म कैद हुने ब्यवस्था रहेको छ भने आदेश कार्यान्वयन क्रममा अवरोध गरेमा भने ६०० रुपैयाँ जरिवाना र ६ महिनासम्म कैद सजाय हुन सक्ने ब्यवस्था रहेको छ । तर अज्ञानता वा अटेरीकाृ कारणले कतिपय ब्यक्तिले लकडाउन उलंघन गर्ने, लापर्वाहि गर्ने जस्ता कार्य भएको पनि पाइएको छ । भनिन्छ कि हामी नेपाली बुद्घि भएर पनि बुद्घु भएका छौँ । हतारमा जे पनि गर्ने र फूर्सदमा पछुताउने हामी नेपालीको दिनचर्या पुरानै रहेको छ । कतिपयलाई आफ्नै कालरुपी कोरोना कदम हालेर कुदिरहेको क्रममा पनि किञ्चित चेतना चलायमान भएको छैन । कोरोना भाइरसका कारणले हाल विश्वमा हजारौँ मानिसले ज्यान गुमाइरहेको तथा लाखौँ लाख मानिसहरु संक्रमित भैरहेको र नेपालमा पनि हाल कोरोना भाइरसको महामारीको सन्त्रासको अवस्था रहेकोले यसबाट बच्नको लागि नेपाल सरकारले २०७६ साल चैत्र ११ गतेदेखि २५ गतेसम्म नेपालभरी लकडाउन गरेको छ र यसको अवधि अझै बढ्न सक्ने बवस्था रहेको छ । संक्षेपमा लकडाउनको पालना गर्नाले आफू र अरुको जीवन रक्षा गर्न सकिन्छ अर्थात् कोरोना भाइरसको प्रकोपबाट बच्न र बचाउन सकिन्छ । भयावह नरसंहारबाट बच्न बचाउन सकिन्छ । अर्को कुरा कोरोना भाइरसबाट बच्नको लागि हालसम्म पनि कुनै औषधी पत्ता नलागेकोले लकडाउन मात्र एउटा यस्तो अचूक उपाय हो जसले मात्र कोरोना भाइरसबाट मानव जीवन बच्न र बचाउन सकिन्छ । यसर्थ लकडाउनको पालना नगर्नु सामाजिक रुपले निन्दनीय र कानूनी रुपले दण्डनीय कार्य पनि रहेको छ ।

अशल नागरिकको जिम्मेवारी र कर्तब्य ः

नेपालको संविधान २०७२ को भाग ३ को धारा ४८ मा नागरिक कर्तब्यको ब्यवस्था गरिएको छ जसको पालना गर्नु हामी सबैको कर्तब्य हुन्छ । जसमा प्रत्येक नागरिको कर्तब्य देहायवमोजिम् हुने कुरा उल्लेख गरिएको छ ः

· राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता , सावैभौमिकता र अखण्डताको रक्षा गर्नु ।

· संविधान र कानूनको पालना गर्नु

· राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु

· सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु

संविधानतः कुनै पनि नेपालीले राज्यलाई आवश्यक परेको बखत अनिवार्य रुपमा सेवा गर्नुपर्ने देखिन्छ । अतः सबै वर्ग , सवै पेशा , सवै धर्म ,सबै जात लगायतका ब्यक्तिले अहिलेको कोरोना भाइरसको नियन्त्रणमा राज्यको निर्देशन पालन गरौँ , गराऔँ र जिवनको रक्षा गरौँ ।

राहत कार्यक्रम वितरण सम्बन्धमा ः

जव जव मुलुकमा विपद् आइपर्छ तव तव राहत प्याकेजको कुरा उठ्ने गर्दछ र अहिले पनि कोरोना भाइरसका कारणले लकडाउकमा बस्नुपर्ने दारुण परिस्थितिमा न्यून आय भएका तथा दैनिक कामकाजमा जान नसकेर भोकै बस्नुपर्ने अवस्था देखिएको छ । यस्तो अवस्थामा राहत सम्बन्धमा राहतका कामकुराहरु क्रियाशील हुने गर्दछन् । विशेषतः राहत प्याकेज भनेको तत्कालै समस्याको समाधान गर्नका लागि गर्नपर्ने आवश्यक कामहरु हुन् जुन सरकारले ब्यवस्थापन तथा वितरण गर्नुपर्छ तर यसबारे वहस चलेको छ । राहत सामग्री न्यून आय भएका वर्ग , दैनिक ज्यालादारीमा काम गर्नुपर्ने वर्गलाई दिने गरिन्छ । राहत वितरण गर्दा गराउदा सकभर निम्न कामकुराहरु गर्दा उचित हुनेछ ।

· राहत वितरण सम्वन्धि ऐन ,नियम ,निर्देशिकाहरुको पालना गर्नुपर्ने

· प्राथमिकताका आधारमा राहत सामग्री वितरण गरिनुपर्ने

· जहाँ , जहिले, जसले , जथाभावी रुपमा राहत बाँड्न नहुने

· राहत सामग्रीको दुरुपयोग नगर्ने

· न्ष्खभ बलम तबपभ का आशामा राहत वितरण नगर्ने

· राहत कार्यक्रम पारदर्शी हुनुपर्ने

हालै कोरोना भाइरसको प्रकोपसँगै खेतिपातिको समय भएकोले कृषि कर्म गर्ने मानिसहरु घरदेखि खेतबारी र खेतबारीबाट घरतर्फ जानुपर्ने अवस्था रहेको छ । यस्तो बेला घरका परिवारहरु मात्रले कामकाज गर्न सक्ने कुरा सरकारले निर्देशन दिएको छ । सोहिअनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको छ ।

सारमा भन्नुपर्दा, कोरोना भाइरस मानवजातिको अस्तित्व मेटाउने एक विश्वब्यापी घातक रोग रहेको र यसबाट बच्नु बचाउनु अहिलेको टट्कारो आवश्यकता रहेको वर्तमान परिप्रेक्ष्यमा माथि उल्लेखित कुराहरुको पालना गर्नुबाहेक नेपालमा अरु विकल्प रहेको छैन । कुरा सुन्नु बुढाको , आगो ताप्नु मुढाको भने झैँ सरकारको लकडाउनको पालना गरौँ , गराऔँ । हुलहालमा जीउ जोगाऔँ , अलिकालमा विउ जोगाऔँ भन्ने उखानलाई चरीतार्थ गरौं । कोरोना भाइरसबारे यथार्त जानकारीका लागि Each one , teach one भन्ने वाक्यलाई आत्मसाथ गरौँ । कोरोना भाइरसबारे अनावश्यक, अतिरञ्जित र अनर्गल प्रचारप्रसार नगरौं । सुरक्षाकर्मीको आँखा छलेर लुकामारी (Hide and seek  )नगरौं । वसुधैव कुटुम्बकम् भन्ने आदर्श वाक्यलाई आत्मसाथ गर्रौ । आफू वचौँ , अरुलाई वचाऔँ , विश्व मानवलाई वचाऔँ । नागरिक कर्तब्यको पालना गरौँ । सहयोग सद्भाव कायम रार्खौ । अशल नागरिकको पहिचान दिऔं । कोरोनाको क्रन्दनमा मात्र नलतपतिएर कर्तब्य पथमा पनि उन्मुख तथा मुखरित होऔं ।

(यस लेखसँग सम्वन्धित वीरबहादुर सेजवाल शारदा नगरपालिकाका स्रोत व्यक्ति, शिवजन माविका पूर्व प्र.अ.,नेपाल ट्रेड यूनियन काँग्रेस, सल्यानका वर्तमान अध्यक्ष तथा नेपाल शिक्षक यूनियन सल्यानका पूर्व अध्यक्ष पनि हुन् )

 

प्रतिक्रिया दिनुहोस