सल्यान जेसिसद्धारा १६२ विपन्न परिवारलाई राहत विरण (तस्विर सहित)

उत्तर कुमार साहु
चैत्र २२, सल्यान

सल्यान जेसिसले १६२ घर विपन्न परिवारलाइ राहात सामाग्री बितरण गरेको छ ।

वडाकार्यलय मार्फत पहिचान गरि करिब १हजार ७ सय रुपैयाबराबरको खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

राहत सामाग्रीमा २५ किलो चामल,२ किलो दाल, २ किलो नुन, १ लिटर तेल र २ प्याकेट चाउचाउ वितरण गरिएको हो ।

लकडाउनको अवधीभर पुग्ने गरी सल्यानको प्रमुख ब्यापारीक केन्द्र आसपासमा पर्ने शारदा नगरपालिका वडा नं १ र २बसोबास गर्न विपन्न परिवाहरुलाई खाद्यान वितरण गरिएको हो ।
सल्यानमा घर भई सल्यान तथा विदेशमा पेशा व्यवसाय गर्दे आएका विभिन्न व्यक्ति संघ संस्थाबाट एक हप्ता अगाडी देखि सल्यान जेसिसले विपन्न परिवारको लागि सहयोगको अपिल गरेको थियो । सोही अपिल मार्फत जेसिस सल्यानका सदस्यहरु र देश विदेशका सहयोगीहरुबाट संकलित सवा २ लाख रकम बरावरको राहत सामाग्री वितरण गरिएको सल्यान जेसिसका अध्यक्ष घनश्याम अधिकारीले जानकारी दिए ।
राहत लिन पुगेका किरण सुनारले राहत पाएपछि खुशी लागेको बताए , उनी श्रीनगरमा एक दशक अघिदेखि मजदुरी गर्दै आएका छन ।लकडाउनको समया वधिलाई मध्यनजर गर्दै सल्यानको शारदा नगरपालिकावडा नं १, भित्रका श्रीनगर, शान्तीनगर, दारिमचौर र दोमाटीमाबसोबास गर्नेअतिबिपन्न परिवारलाई राहात साम्रागी बितरण गरिएको हो ।

राहत वितरणका केही तस्विरहरु ः

प्रतिक्रिया दिनुहोस