ज्वाला र शर्माद्वारा कोरोना रोकथामका लागि बनगाड र कुमाखलाई स्वास्थ्य सामाग्री प्रदान

चैत्र २१, सल्यान
सल्यानका बागाड र कुमाख लाई प्रदेश सरकार तथा २ नेताको तर्फबाट विभिन्न स्वास्थ्य सामाग्रि प्रदान गरिएको छ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भन्दै कर्णाली प्रदेशको तर्फबाट अर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहका भिम प्रकाश शर्माले सामाग्री हस्तान्तरण गरेका हुन ।
उनिहरुले सरकारको साथमा व्यक्तिगत लगानीमा गरेर २ सरकारलाइ सामाग्री प्रदान गरिएको भन्दै अन्य पालिका स्तरका सरकार र स्वास्थ्यसंस्थाहरु लाइ पनि प्रदान गर्ने जनाएका हुन ।
उनिहरुले बनगाड कुपिण्डे नगरपालिकामा पीपिई १० सेट, सर्जिकल मास्क दुई हजार थान, र सिटामोल लगायतको एक कार्टुन औषधी हस्तान्तरण गरिएको मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । यस्तै कुमाख गाऊँपालिकामा १० सेट पीपिई, एक हजार पाँच सय सर्जिकल मास्क, र सिटामोल सहितको एक काटुर्न औषधी हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस