लकडाउन अबधिभर सम्पुर्ण नेपाली नागरिकको जिम्मा सरकारले लिनु पर्छ भन्दै अखिल (क्रान्तिकारी) जाजरकोट

लकडाउन अबधिभर सम्पुर्ण नेपाली नागरिकको जिम्मा सरकारले लिनु पर्छ भन्दै अखिल (क्रान्तिकारी) जाजरकोटले प्रेस बिज्ञप्ती मार्फत चेतावनी दिएको छ  ।

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल  ( क्रान्तिकारी ) जाजरकोटले कोरोना संक्रमनलेअहिले बिश्व मानव सागरलाई आतंकित बनाईरहेको बेला नआत्तिना र सचेत रहना आग्रह गर्दै प्रेस बिज्ञप्ती मार्फत बिभिन्न मागहरु उल्लेख गरि जनतालाई प्रत्यक्ष रुपमा राहत होस भन्ने कुरा उल्लेख गर्दै प्रेस बिज्ञप्ती जारी गरेको छ ।
बिभिन्न शिलशिलामा घर देखि बाहिर रहेका वा घरभाडामा बसेका सम्पुर्ण नेपाली नागरिकलाई लकडाउनको अवधिभर आवश्यक खाद्यान्न तथा अन्य बिभिन सामाग्री सरकारलेनै उपलब्ध गराउनु पर्ने पनि प्रेस बिज्ञप्ती मा लेखिएको छ ।
जाजरकोटको हकमा ग्रामिण वस्तिदेखी जिल्ला सम्मा आएका व्यापारी तथा लकडाउन अवधिभरको विद्यार्थीको कोठा भाडा छुट गर्न पनि बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


साथै सोही संगठनका जिल्ला अध्यक्ष बिराजन शाही (बिजय)का अनुसार कोरोना भाइरसले नेपालमा मात्र होईना बिश्व मानबसागरलाई नै आतंकित बनाईरहेको छ । अन्य देशको तुलनामा हेर्नेहो भने हाम्रो देश नेपालमा यसको प्रभाब कमै छ । त्यसैले सम्पुर्ण नेपाली नागरिकहरु जति प्रचारबादी आतंक गरिएको छ तेति आतंकित नबनौँ । तर यो भाईरसबाट बच्नका लागि आ(आफ्नो ठाउँबाट आफै सचेत रहौँ भन्दै आग्रह गरेका छन । ब्यापारीले कालोबजारी तथा भ्रष्टाचार गरिरहेको छ । यो कुरा सम्पुर्ण नेपाली जनताले बुझ्नै पर्दछ । त्यसैगरी त्यस्ता कुकार्य गर्ने जोकोहिलाई पनि पार्टी र संगठनले कडा भन्दा कडा जनकारबाही गर्ने बताइएको छ ।
संगठनका जिल्ला सचीव दिपेन्द्र सिंह (समीप)ले बिश्वमा चर्चा कमाईरहेको कोराना भाईरस नेपालमा भित्रीना नदिनको लागि सरकारले चालेको कदम निकै राम्रो छ । सरकार भित्रैका केही भ्रष्टहरुले नेपाली जनतालाई सचेत बनाउनुको सट्टा उल्टै आतंकीत बनाउने खालका भ्रमपुर्ण सन्देश सिर्जना गरेको हुँदा त्यस्तो अनैतिक कार्य नगर्न अनुरोध गरेका छन ।
रोजगारको क्रममा बिदेशका बिभिन्ना ठाउँमा गएका नेपाली दाजुभाईहरु लकडाउनका कारण सिमानमै अलपत्रमा परेका छन यस्तो अवस्थामा उनिहरुलाई अलपत्रमा नपारी उद्दार गरि कम्तिमा पनि २ हप्तासम्मा क्वारेन्टाइनमा राख्ने वातावरणको सिर्जना गरौँ । जाजरकोटका केही अग्रज ब्यक्ती तथा समाजसेवीले अलपत्र परेका नागरिकलाई उद्दार र घरमालिकले लकडाउन समयावधि भरको भाडा छुट गरेको रउहाँहरुलाई हामि र हाम्रो संगठनले बिशेश धन्यवाद ब्यक्त गर्दछ भनेर विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस