सल्यानको जनकल्याण युवा क्लबद्वारा कोरोनाबाट बच्न १०० घरपरिवारलाई सावुन र ड्रम सहयोग

चैत्र १९, सल्यान

कोरोना संक्रमनको उच्च जोखिमलाई ध्यानमा राखी देश यतिबेला लकडाउनमा छ ।
कोरोनाबाट बच्न सरसफाईमा विशेष ध्यान दिन सरकारले भनेको बेला सल्यानको एक क्लबले आफ्नो वडामा हात धुनकालागि ड्रम र साबुन सहयोग गरेको छ ।
जिल्लाको शारदा नगरपालिका वडा नंं.. ६ कौछेमा रहेको जनल्याण युवा क्लवले लकडाउनलाई साथ दिऔं घरायसी कामकाज पछि सावुनपानीले हात धोऔं भन्ने हेतुले सोही वडाका १०० घरपारिवारलाई  मंगलबार सावुन र १० थान ड्रम विभिन्न भिडभाड हुने पसल र सार्वजनिक स्थाहरुमा सहयोग गरेको हो ।
सानै सावधानिले पनि कोरोनाबाट बच्न सकयोस भनी ड्रम र सावुन सहयोग गरिएको क्लबका अध्यक्ष मधुबाबु बुढाथोकीले बताए ।
क्लब ले विगतमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस