सल्यानको शारदा नगरपालिकाद्वारा अति बिपन्न २० घरपरिवारलाई राहत स्वरुप खाद्यान्न बितरण

चैत्र १५  सल्यान
कोरोना संक्रमन रोकथामका लागि सिंगो नेपाल लक डाउन भएका वेला सल्यानमा अति विपन्न परिवारलाई शारदा नगरपालिकाले राहत स्वरुप खाद्यान्न बितरण गरेको छ।
दैनिक ज्यालादारी गरेर आफ्नो परिवार पाल्दै आईरहेका अति बिपन्न परिवारलाई नगरपालिकाको सहयोग र श्रीनगर बजार ब्यबस्थापन समितिको ब्यबस्थापनमा राहत बितरण गरेको हो।

महामारीको रुपमा फिलिएको कोरोना भाईरस९कोभिड ज्ञढ०संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनमा दैनिक मजदुरी गरेर आफ्नो परिवारको दैनिकी जोहो गर्दै आईरहेका अति बिपन्न परिवारहरुलाई मर्कामा परेपछी जिल्लामै नगरपालिकाले पहिलोपटक राहत बितरण गरेको हो।लकडाउनकाबेला दैनिक ज्यालादारिका सम्पुर्ण कामहरु बन्द भएपछिउनिहरुलाई परिवार पाल्न राहतहोस भन्ने उद्देश्यले राहत स्वरूप खाद्यान्न सामाग्री बितरण गरिएको शारदा नगरपालिकाका प्रबक्ता दिपक हमालले बताएका छन।

प्रतिक्रिया दिनुहोस