सल्यानको शारदा नपाले लकडाउन अवधिमा विपन्न परिवारलाई प्रति परिवार २ हजार सहयोग गर्ने

चैत्र १५, सल्यान
सल्यानको शारदा नगरपालिकाले लकडाउन को समयभित्र अत्यावस्यक दैनिक सामग्री जोहो गर्न नसक्ने,ज्याला मजदुरी गरि परिवार चलाइ रहेका निम्न आर्थिक अवस्था भएका परिवार हरुको पहिचान गरि २ हजार रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेकोछ।
कोरोना सङ्क्रमण लाई रोक्न भन्दै सरकारले घोषणा गरेको “लकडाउन“को समयसिमा यहि १८गते सकिने र यो प्रकृया अझै लम्बिने अवस्था देखिएपछी नगरले यस्तो निर्णय गरेकोहो।
लकडाउनको समयसिमा तन्कदै गएमा त्यस्ता गरिव परिवार लाई मासिक २ हजार सहयोग गर्ने निर्णय आजको कार्यपालिका बैठकले गरेको नगरका प्रवक्ता दिपक हमालले जानकारी दिएका छन ।त्यस्ता गरिव परिवार पहिचान गर्ने जिम्मा वडा अध्यक्ष हरुलाइ दिइएकोछ।
त्यस्तै,नगरले खलङ्गा सदरमुकाममा रहेको त्रीजमाबी को भवनमा २० बेड क्षमताको क्वारेन्टाइन कक्षको ब्यवस्थापन गर्ने पनि निर्णय गरेकोछ।प्रवक्ता हमालका अनुसार क्वारेन्टाइन मा राखिने हरुको आवस्यक खर्च नगरले ब्यहोर्नेछ ।

नगर कार्यपालिकाको बैठकले नगर भित्रका स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मी हरुका लागि सन्चार खर्च स्वरुप ३ हजार रुपैया उपलव्ध गराउने,नगर क्षेत्र भित्र कार्यरत सङ्घ सस्था,बजार ब्यवस्थापन समिती तथा व्यक्ती हरुले कुनै राहत प्याकेज घोषणा गर्दा नगर सङ्ग समन्वय गरेर मात्र घोषणा गर्न निर्दे्शित गर्ने पनि निर्णय गरेकोछ।
त्यस्तै,नगर भित्र कुनै विषम परिस्थिती निर्माण हुन गएमा र नगरवासी हरुलाइ राहत पुर्याउनुपर्ने अवस्था आएमा नगरको जुनसुकै शिर्षकको कोष बाट समेत रकम परिचालन गर्न सकिने निर्णय भएको प्रवक्ता बताए ।
कोभिड(१९ (कोरोना)को सङ्ग्क्रमन बढने सन्त्रास र चिन्ता बढ्न थालेपछी आज नगरले आकस्मिक कार्यपालिकाको बैठक डाकेकोहो।बैठक सुरुवात गर्दै शारदा नगर प्रमुख सुरेश अधिकारिले नगरवासी हरुलाइ सरकारले आव्हान गरेको लकडाउनको पालना गर्न र सामुहिक भेटघाट लाई निरुत्साहित गर्न अनुरोध गरेका थिए ।उनले बिदेश र भारत वाट आएका नगरवासी हरुलाइ घरबाहिर ननिस्कन र कम्तिमा १४ दिन सम्म लापर्वाही नगर्न पनि अनुरोध गरेका छन ।
नगरले तयार पारेको आकडा अनुसार हालसालै नगरभित्र करिव १ सय ४ जना बिदेश र भारत बाट घर फर्किएको पाइएकोछ ।यो सङ्ख्या अझ बढी हुने आकलन गरिएको छ ।
आजको कार्यपालिका बैठकमा नगर उप प्रमुख साबित्रा बस्नेत सहित वडा अध्यक्ष,कार्यपालिका सदस्य हरु र निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबालको उपस्थिती थियो।बैठकले नगर स्वास्थ्यका अधिकारि हरु र सल्यान अस्पतालका चिकित्सक समेत लाई आमन्त्रण गरि छलफल गरेकोथियो।

प्रतिक्रिया दिनुहोस