लकडाउनमा मापसे, बागचौर नपामा १५० लिटर घरेलु मदिरा नस्ट । विदेशीको तथ्याकं लिदै

 

चैत्र १५, सल्यान
लकडाउनको पाँचौ दिनमा सल्यानको बागचौर  नगरपालिकाले कोरोना संक्रमन रोकथाम अभियान अन्तर्गत विदेशबाट आएका बागचौर वासीहरुको तथ्यांक संकलन तथा सचेतना कार्यलाई निरन्तरता दिएको छ ।
नगर प्रमुख श्री लोकमान बुढाथोकीको नेतृत्वमा बागचौर नगरपालिका र इलाका प्रहरी कार्यालय थारमारेको टिमले आज बागचौर नगरमा विदेशबाट आएका नागरिकको तथ्यांकको अनुगमन, प्रत्येक स्वास्थ्य चौकीको अनुगमन, बजार(गाउँको अहिलेको अवस्थाको अनुगमन र गाउँ(गाउँमा सचेतना फैलाउँदै विभिन्न ठाउँमा पुगेको छ ।
यसैक्रममा बागचौर नगरपालिकाको १० नं. वडा पिपलनेटामा  सरकारले लकडाउन गरेको समयमा मदिरा पिई होहल्ला गर्ने गुनासो आएको भन्दै इलाका प्रहरी कार्यालय थारमारे र नगरपालिकाले संयुक्त रुपमा १५० लिटर घरेलु मदिरा बरामत गरि नस्ट गरिएको छ ।
कोभिड(१९ को विश्वव्यापी संक्रमण फैलिरहेको र नेपाल समेत संक्रमणको उच्च जोखिममा रहेको सन्दर्भमा बागचौर नगरपालिकालेभारत लगायत अन्य मुलुक बाट भित्रिएका व्यक्तिहरूलाई १४ दिन होम क्वारेन्टाइनमा राखी उहाँहरूको अवस्थाको बारेमा जानकारी गराउन जनप्रतिनिधि, राजनैतिक व्यक्ति, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, व्यापारी, महिला स्वास्थ्य स्वयंसेवीका तथा स्थानीय बासीहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस