चैत्र १४, सल्यान
सल्यानको बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीको नेतृत्वमा बागचौर नगरपालिका र इलाका प्रहरी कार्यालय थारमारेको टिमले आज बागचौर नगरमा विदेशबाट आएका नागरिकको तथ्यांकको अनुगमन, प्रत्येक स्वास्थ्य चौकीको अनुगमन, बजार(गाउँको अहिलेको अवस्थाको अनुगमन र गाउँ(गाउँमा सचेतना फैलाउँदै बागचौर नगरपालिकाका ११ वटा वडामा पुगेको छ ।
कोभिड(१९ को विश्वव्यापी संक्रमण फैलिरहेको र नेपाल समेत संक्रमणको उच्च जोखिममा रहेको सन्दर्भमा यस बागचौर नगरपालिकामा भारत लगायत अन्य मुलुक बाट भित्रिएका व्यक्तिहरूलाई १४ दिन होम क्वारेन्टाइनमा राखी उहाँहरूको अवस्थाको बारेमा जानकारी गराउन जनप्रतिनिधि, राजनैतिक व्यक्ति, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, व्यापारी, महिला स्वास्थ्य स्वयम सेवीका तथा स्थानीय बासीहरूलाई नगरपालिकाले अनुरोध समेत गरेको छ ।
कोरोना भाइरस सम्बन्धी जानकारी लिन वा दिन चाहने सम्पूर्ण बागचौर नगरबासी महानुभावहरूलाई जिल्ला कोरोना समन्वय डेस्कका प्रहरी अधिकृत प्र.नि. लक्ष्मण वली ( जी.प्र.का. सल्यान) को मोबाइल नम्बर ९८५१२८१४५३ सहितको पर्चा विभिन्न ठाउँमा टासिंएको छ । साथै, विदेशबाट आएका बागचौर नगरबासीको नगरपालिकाले तथ्याङ्क सङ्कलन गरिरहेको छ । थप विवरण आएमा बागचौर नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखाको मोबाइल नम्बर होम क्वारेन्टाइनमा बसेका वा अन्य व्यक्तिहरूमा कोरोनाको लक्षण देखिए तुरुन्तै बागचौर नगरपालिकाको स्वास्थ्य शाखाको मोबाइल नम्बर ९८६८०३३७४९ सिधा सम्पर्क गर्न समेत नगरले अनुरोध गरिएकोछ ।