सल्यानमा बस दुर्घटना, १ को मृत्यु ३ घाइते

चैत्र १४, सल्यान
सल्यानमा गएराती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका ८ काटिगाउँबाट दुलधारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस काटीगाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परि दाङ तुलसीपुर उपमहानगरपालिका ४ बस्ने गाडी सहचालक सुजन नेपालीको उपचारको क्रममा कोहोरपुर मेडिकल कलेजमा मृत्यु भएको ।

यस्तै दुर्घटनामा परि घाईते हुनेमा शारदा नगरपालिका ८ बस्ने अन्दाजी २६ वर्षिय सुरेन्द्र सेजवाल, शोही ठाउँ बस्ने २८ वर्षिय थमन चलाउने, शारदा नगरपालिका ५ को २७ वर्षिय खेमराज बुढाथोकीको जिल्ला अस्पताल सल्यानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ । बस सडकबाट झन्डै ५० मिटर तल खसेको छ । गाडीको टायर मर्मत गर्न दुलधारा पोखरा आउने क्रममा बस दुर्घटना भएको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भई रहेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस