सल्यानको बागचौर नगरपालिकाद्वारा कोरोना प्रभावित देशबाट आएका व्यक्तिहरुको तथ्याङ्क सार्वजनिक

चैत्र १३, सल्यान
बागचौर नगरपालिकाले नोभल कोरोना प्रभावित देशबाट आएका व्यक्तिहरुको तथ्याङ्क सार्वजनिक गरेको छ।
सार्वजनिक तथ्याङ्कमा सवैभन्दा वढि भारतबाट ७३ जना,मलेसियाबाट १,कतारबाट ३र कुवेत बाट ४ गरी जम्मा ८१ जना रहेका छन ।
तथ्याङ्कसार्वजनिक भए संगै कोभिड १९ को विश्वव्यापी संक्रमण फैलिरहेको र नेपाल समेत संक्रमणको उच्च जोखिममा रहेको सन्दर्भमा बागचौर नगरपालिकामा भारत लगायत अन्य मुलुक बाट भित्रिएका व्यक्तिहरुलाई १४ दिन होम क्वारेन्टाइनमा राखि तिनिहरुको अबस्थाको बारेमा जानकारी गराउन जनप्रतिनिधी, राजनैतिक व्यक्ति,स्वास्थ्य कर्मी, शिक्षक, कर्मचारी, व्यापारी, महिला स्वास्थ्य स्वयम सेविका तथा स्थानिय बासीहरुलाई नगरपालिकाले अनुरोध गरेको छ । नगरले कोरोना प्रभावित देशबाट आएका व्यक्ति भेटिएमा नगरको स्वास्थ्य शाखामा जानकारी गराउन समेत अनुरोध गरेको छ । जसका लागि ९८६८०३३७४९ मा सम्पर्क गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस