उद्योग धन्दा तथा पसलहरु चैत्र २१ सम्म बन्द गर्न सल्यान उद्योग वाणिज्य संघको अनुरोध, अत्यावस्यक बस्तुको लागि तोकियो समय सिमा

तैत्र १० सल्यान
कोभिड –१९ कोरोना भाइरसको जोखिम बढ्न नदिनका लागि सल्यान उद्योग वाणिज्य संघले सम्पूर्ण उद्योगी, व्यापारी, व्यवसायीहरुलाई मिति २०७६ साल चैत्र १० गते देखि चैत्र २१ गते सम्म जिल्लाका उद्योग, व्यापार, व्यवसाय, कल कारखानाहरु बन्द गरी आफु, परिवार र समाजलाई उक्त भाईरसको जोखिम विरुद्ध सुरक्षीत हुदै रोकथामको उपायहरु अबलम्बन गर्न एक विज्ञप्ती मार्फत अपील गरेको छ ।

विज्ञप्ती उल्लेख गर्दै दैनिक उपभोग्य वस्तुहरु र अत्यआबश्यक वस्तुको व्यापार गर्ने व्यबसायीहरुले प्रत्येक दिन बेलुका ४ बजे देखि ७ बजे सम्म खुल्ला गरिदिनुहुन र अन्य समयमा पनि सहज आपूर्ती गरिदिनका लागि उद्योगी, व्यापारी व्यवसायीहरुलाई अनुरोध गरेको छ । साथै संघले आफुलाई चाहिने भन्दा वढी सामाग्रीहरु अनाबश्यक रुपमा भण्डारण नगरी मुलुको बर्तमान कठिन परिस्थीतीलाई सहज र सरल बनाई दिन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस