चैत्र १०, सल्यान
सल्यान भित्रने र बाहिरिने सार्बजनिक यातायातका साधानहरु पुर्णरुपमा बन्द भएका छन।
कोरोना भाईरसको सङ्क्रमन फैलिन नदिन उच्च सतर्कता अपनाउदै सार्बजनिक यातायातका साधानहरु आजदेखी पुर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
आज सोमबार देखि कुनैपनी यात्रुबहाक सवारी साधन जिल्ला बाहिर नजाने र प्रवेश नगर्न जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेपछी सल्यानमा रहेका यातायात प्रालिका काउन्टरहरु बन्द भएका हुन।
जिल्ला प्रहरी कार्यालय सल्यानले गरेको सूचना अनुसार सम्पुर्ण बुकिङ काउन्टर हरु बन्द गरेको सल्यान रुकुम यातायात प्रालिका अध्यक्ष अरबिन्द कुमार राईले बताएका छन। जिल्लामा चल्ने सवारीसाधन बन्द गर्ने या नगर्ने विषयमा भने केहिबेरमा बैठक बसेर निर्णय गरिने उनले बताए।
प्रहरिका अनुसार सल्यान भएर अन्य जिल्ला जाने यातायातका साधन पनि बन्द रहेका छन।कसैले अटेर गरि सार्बजनिक सवारीसाधन चलाएमा गाडी नियन्त्रणमा लिएर यात्रुहरुलाई सम्बन्धित ठाउँमा पुर्याउने सल्यानका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मम वलिले बताएका छन।
साना निजि सवारी साधनले यात्रुहरुलाई जिल्ला भित्र वा बाहिर वसारपसार गरेको पाईएमा उक्त गाडी नियन्त्रणमा लिएर एम्बुलेन्सको रुपमा प्रयोग गरिने निमित्त प्रहरी प्रमुख वलिले जानकारी दिएकाछन।
नियन्त्रणमा राखिएका उक्त गाडीहरु ९क० श्रेनीका इलाका प्रहरी कार्यालयहरुमा एम्बुलेन्सको रुपमा राखिने बताएको छ।
कोरोना भाईरस लाग्ननदिन साबधानि अपनाउन अत्यावश्यक इमर्जेन्सी काम बाहेक घरभन्दा बाहिर ननिस्कन प्रहरिले अनुरोध गरेको छ।
जिल्लाको कपुरकोटनाकामा १६ हजार यात्रुमा गरिएको स्वास्थ्यजाचमा जाजमा कोरोनाको कुनैपनी संक्रमण नदेखिएको प्रहरिले बताएको छ।