सल्यानमा जन्मिएका गायक चेतन राईको “मरेर के लानु छ” सार्वजनिक


सल्यानमा जन्मिएर एक दशक देखि सांगितिक क्षेत्रमा सक्रिय चेतन राइले पछिल्नो समयमा मरेर के लानु छ बोलको गित सार्वजनिक गरेकाछन ।
पप तथा सुगम संगीतमा आधारित गीतहरु गाइरहेका गायक चेतन राईले पछिल्लो पटक एउटा यथार्थपरक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका हुन

वास्तविकता तथा आध्यात्ममा आधारित उक्त गीतमा सूर्य रुम्बाको शब्द तथा संगीत छ । बिजेश्वर तण्डुकारले गीतमा संगीत संयोजन गरेका छन् ।
फराज अर्पणद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियो निकै मर्मस्पशी रहेको छ ।
म्युजिक भिडियोमा अभिनेत्री सरिता लामिछाने मुख्य भूमिकामा छिन् । उनलाई आयान बज्राचार्य, प्रज्ञादीप राई तथा डा.सुबान्त के कुशुवाहले अभिनय साथ दिएका छन् ।
निर्देशक फराज अर्पणद्वारा नै छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई निर्देशक अर्पणले नै सम्पादन पनि गरेका छन् ।
उनको पहिलो एल्वम सेभेन २०१० मा,दोस्रो एल्वमको रुपमा सेकेन्ड २०१५ मा र तेस्रो एल्वमको रुपमा स्टेप २०२० मा सार्वजनिक भएकोछ ।
सल्यान खलंगामा जन्मिएका गाएक चेतनराई स्कुले जीवन देखि नै संगितमा विशेष रुची राख्ने गर्दथे ।
सांगितिक क्षेत्रमा एक पछि अर्को उत्कृष्ट गितहरु सार्वजनिक गर्ने गरेका उनको सेकेन्ड एल्बमा सामावेश तिमी तिमी, सेभेन एल्बममा समावेश एक दुई तिनसालैजो लगायतका गितहरु निकै रुचाइएका गित हुन ।
पछिल्नो गित मरेर के लानु छ गीतले पनि दर्शक श्रोताको मन जित्ने गायक राई बताउछन ।
मरेर के लानु छ गायक राईको आफ्नै युट्युव च्यानलमा रहेको गित रहेको छ ।

प्रतिक्रिया दिनुहोस