दार्मामा २ करोड लागतमा लिफ्ट खानेपानीको सिलान्यास, बैशाख १५ भित्र सम्पन्न हुने ।

सल्यानको दार्मा गाउँपालिकाले सबै भन्दा बढी लागतमा लिप्ट सिस्टम खानेपानी आयोजनाको शिलान्यास गरेको छ ।
वडा नं. ५ अन्तरगत जुगेपानी,तल्छरे,काफलनेटा लिफ्ट खानेपानी निर्माण आयोजनाको शिलान्यास गर्द्वै बिहिवार दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी ( अरुण ) ले ३ बर्षको आफ्नो कार्यकालमा ११ करोडका, खानेपानी योजनाहरु सम्पन्न भै सकेका बताएका छन् ।

दार्मा गाउँपालिका वडा नं.५ ढाकाडामको, निगालपानीमा भएको कार्यक्रममा बोल्दै उनले दार्मा गाउँपालिका भरी ५१ वटा खानेपानी योजनाको आवस्यक पर्ने र करिव ४६ करोडको लागतमा ति योजनाहरु सप्पन्न भएमा दार्मामा खानेपानीको समस्या हल हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले गाउँपालिकाको समग्र बिकासका लागी बिधुतको महत्त्वपूर्ण भुमिका रहने भएकाले दर्माली जनताको प्रत्येक घरघरमा बिधुत बाल्नको लागी तिब्र गतिमा बिधुत बिस्तारको काम भइ रहेको र आफ्नो कार्यकालको तिन बर्षको अवधिमा बिधुत,खानेपानी र सडकमा बिशेश किसिमले लगानी गरेको बताउदै,गाउँपालिकाको दिगो बिकासको लागी,आफुहरु लागी परेको बताए ।

जनताको त्याग तपस्या र बलिदान बाट प्राप्त भएको संघीयताको मुल मर्मलाई आत्मसात गर्द्वै गाउँपालिकाइको समग्र बिकासका कार्यहरू लाई गुरु योजना बनाए र मात्र अगाडि बढी रहेको उनले बताए ।पहिलो स्थानीय सभाको निर्वाचन बाट निर्वाचित भएको जनप्रतिनिधिको हैसियतले आफुले गरेको बिकासको मार्गले दोस्रो पटक निर्वाचित हुने जनप्रतिनिधि लाई काम गर्न सहजहोस भनेर आफुले गाउँपालिका बासीको हितमा काम गर्द्वै आएको बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि तथा दार्मा गाउँपालिकाका उपाध्यक्ष टिका वलि, शर्माले दार्मा गाउँपालिकामा हाल सम्ममा १२ वटा लिप्ट खानेपानी योजनाहरु सम्पन्न भैसकेका बताएकी थिइन ।उनले बिकास निर्माणका कार्यहरुमा मात्र जोड दिएर समृद्ध गाउँपालिका नहुने भएकाले गरेका बिकासका कार्यहरूलाई संरक्षण गर्न आफुहरु लागी परेको बताइन ।

प्रमुख अतिथि र बिशिस्ट अतिथिले संयुक्त रुपमा शिलान्यास गर्नु भएको कार्यक्रममा बोल्दै दार्मा गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डिल्ली केसी ( पासङ )ले तिनै तहका सरकार र जनताको सहकार्यले, जनताको बिकासमा टेवा पुग्ने भएकाले दार्मा गाउँपालिकामा उक्त संस्कारको बिकास भैरहेको बताएका थिय ।
लिफ्ट सिस्टम खानेपानी आयोजनाको निर्माणको जिम्मा पाएको सुर्यदिप उर्जा /भुमि निर्माण सेवा जेवि घोराही १४ दाङका प्रमुख मन प्रशाद बुढाले बैषाखको १५ गते सम्म उक्त योजना सम्पन्न गर्ने बताएका थिय ।
उनले कुनै पनि योजनालाई प्रभावकारी ढंगले सम्पन्न गर्नलाई उपभोक्ताको महत्त्वपूर्ण भुमिका रहने भएकाले उक्त योजनाको कार्यमा सहभागीताको लागी स्थानीय बासिन्दाहरुलाई अग्रह गरेका थिय ।सो योजनाको प्राबिधिक पक्ष बारे जानकारी दिदै कम्पनीका प्राबिधिक पुर्ण वलिले लिफ्ट सिस्टम खानेपानी प्रभावकारी हुने बताएका थिय ।उनले आफुहरुले देशका विभिन्न भागहरुमा दर्जनौ ठुला ठुला योजनाहरु सम्पन्न गरि सकेको बताए ।
दार्मा गाउँपालिका वडा नं. ५ को निगालपानीमा भएको कार्यक्रमका सभापति वडा नं. ५ का वडा अध्यक्ष रामबहादुर केसीले पुस्तौ देखी खानेपानीको समस्या बोग्दै आएको वडा न ५ को समस्या उक्त योजना सम्पन भए लगतै हलहुने भन्दै उक्त योजना बाट करिव १५० घर धुरी लाभान्वित हुने बताए ।
उक्त लिफ्ट खानेपानी २ करोड लागतमा सम्पन्न हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस