सल्यानको बागचौर नगरपालिकाले (नोभल)कोरोना भाइरसको संक्रमण हुन नदिनको लागी नगर भित्रका परिक्षा केन्द्रहरुमा साबुन सहितको हिलट्याङ्की बितरण गरेको छ ।
चिनको बुहान सहरबाट आएको कोरोना भाइरसले बिश्वब्यापी रुप लिन लागे पछि नेपालमा पनि सन्त्रास बढे लगतै बागचौर नगरपालिकाले सतर्कता अपनाउदै प्रत्येक परिक्षा केन्द्रहरुमा साबुन सहितका पानी राख्ने एक हजार लिटरका हिलट्याङ्की बितरण गरेको नगरपालिकाले जनाएको छ । जनकल्याण नमुना माध्यमिक बिधालय थारमारेलाई, हिलट्याङ्की हस्तान्तरण गर्द्वै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले,भाइरस संक्रमण हुनु भन्दा पहिले सतर्कता अपनाउनुनै उत्तम हुने भएकाले आफुहरुले परिक्षा केन्द्रहरुमा हिलट्याङ्की बितरण गरेको बताएका हुन ।
अहिले संचालन भएको,कक्षा ८ को नगरस्तरिय बार्षिक परिक्षा र लगतै संचालन हुन लागेको, SEE परिक्षा गरि नगरका १३ वटा परिक्षा केन्द्रमा एक हजार लिटर पानी अट्ने क्षमता भएका प्रती केन्द्र एक वटाका दरले, हिलट्याङ्कीहरु बितरण गरिएको नगर प्रमुख बुढाथोकीले बताए ।हिलट्याङ्की हस्तान्तरण कार्यक्रममा बोल्दै उनीले बिद्यार्थीहरुलाई न आतिन्न समेत आग्रह गरेका थिय । कोरोना एक प्रकारको सरुवा भाइरस भएकाले,आफ्नो ब्यक्तिगत सरसफाइमा ध्यान दिदै अनावश्यक भिडभाडमा नजान समेत अनुरोध गरेका थिय ।
उनले परिक्षा अवधी भरी प्रत्येक परिक्षा केन्द्रमा परिक्षा सकिएको समय पछि स्वास्थ्यकर्मी द्वारा,जनचेतनामूलक सन्देश प्रवाह गर्ने बताएका हुन ।
कोरोना भाइअरस बाट कसरी बच्ने भन्ने जनचेतनामूलक शन्देस लेखिएको हिलट्याङ्की ग्रहण गर्द्वै श्री जनकल्याण नमूना माध्यामिक बिधालयका प्र.अ डा.पुर्णबहादुर भण्डारीले नगर प्रमुख लगाएत नगरपालिका परिवारलाई धन्यवाद दिएका थिय ।उनले कोरोनाको संक्रमण बढ्न नदिन बिभिन्न कार्यक्रमहरु गर्ने बताएका थिय । कार्यक्रममा शिक्षक,विद्यार्थी,पत्रकार,सर्वसाधारणको उपस्थिति रहेको थियो ।