गाउँपालिका अध्यक्षका छोराको खुकुरी प्रहारबाट मृत्यु

३ चैत्र काठमान्डौ
खुकुरी प्रहार बाट घाइते सल्यानको त्रीबेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीका छोराको उपचारको क्रममा मृत्यु भएको छ।

खुकुरी प्रहार बाट घाईते डाँगीका छोरा २३ बर्षिय हिरा डाङीको काठमान्डौको ह्याम्स अस्पतालमा मृत्यु भएको कांग्रेस नेता दिपेन्द्र कुमार खत्रीले जानकारी दिएका छन।

डाँगी लाई थप उपचारको लागि सोमबार दिउँसो ३ बजे नेपालगन्जबाट काठमान्डौ लगिएको थियो।अस्पताल पुर्याए लगत्तै डाक्टरले डाङीलाई मृत घोषणा गरेको बताएको छ।डाँगीको खुट्टामा खुकुरी आक्रमणवाट गहिरो चोट लागेको हुँदा अत्यधिक रक्तस्रावका कारण ज्यान गएको बुझिएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ निवासी २३ बर्षीय डाँगीमाथि तुलसीपुर ६ रजौरामा सोमवार विहान १ बजेतिर खुकुरी प्रहार भएको हो।घाइते डाँगीको तुलसीपुरमा प्रारम्भीक उपचार पछि राति नै थप उपचारको लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको थियो।
.

प्रतिक्रिया दिनुहोस