कोराना भाइरसको संक्रमण बाट बच्न बागचौर नगरपालिकाले बिभिन्न सचेतना मुलक कार्यक्रमहरु गर्ने

बिश्वभर फैलिरहेको नोवल कोराना भाइरसको संक्रमण बाट बच्नको लागी सल्यानको बागचौर नगरपालिकाले बिभिन्न सचेतना मुलक कार्यक्रमहरु गर्ने भएको छ ।

कोराना भाइरस संक्रमण फैलिन नदिनको लागी आइतबार भएको नगर स्तरीय समन्वय समिति गठन र अन्तरक्रिया कार्यक्रम बाट नगरका १२ वटै वडाका कक्षा ८ को र परिक्षा केन्द्रहरुमा बिद्यार्थीहरुले साबुन पानीले हात धुनको लागी,हिल ट्याङ्कीको ब्यवस्था नगरपालिकाले गर्ने, नोवल कोराना भाईरसको संक्रमण फैलिन नदिन स्वास्थ्य परिक्षण,स्वास्थ्य,शिक्षा,सम्वन्धी विभिन्न चेतनामूलक सामाग्रीहरु,छपाई तथा बितरण गरिने नगर प्रमुख लोकमान बुढाथोकीले बताएका छ्न । उनले नोवल कोराना भाइरस रोकथामको लागी, अभिवादन र आत्मीयता प्रदान गर्न हात मिलाउने कार्य नगर्न समेत अनुरोध गरे । नगरप्रमुख बुढाथोकीले हात मिलाउनुको साटोमा सबैले नमस्कार गर्नु पर्ने बताए ।


संक्रमण फैलिन नदिन अनिवार्य रुपमा माक्सको प्रयोग गर्न ,तातोपानी पिउन,मानिसको भिडभाडमा नजान समेत नगरवासीहरुमा नगर उपप्रमुख कल्पना पुनले अनुरोध गरिन ।

कार्यक्रम बाट बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीको संयोजकत्वमा २८ सदस्यीय बागचौर नगरपालिका स्तरीय नोवल कोराना भाइरस सम्वन्धी समन्वय समिति गठन गरिएको छ । जसको सह( संयोजकमा नगर उप प्रमुख कल्पना पुन,प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत रहेका छन भने, सदस्यहरुमा वडा अध्यक्ष,कार्यपालिका सदस्य,स्वास्थ,शिक्षा,पत्रकार,मानव अधिकारकर्मीहरु समेत रहेको बागचौर नगरपालिकाका स्वास्थ्य संयोजक हरिवहादुर कठाएतले बताए ।

यस्तै चैत्र ४ गते नगरपालिकाले नगरका शिक्षक,स्वास्थ्यकर्मी र पत्रकारहरुलाई सचेतना दिने भएको स्वास्थ्य सह संयोजक धनिराम केसीले जानकारी दिय । उनले स्वास्थ्य मन्त्रालयलयको परिपत्र अनुसार प्रत्येक वडाहरुमा कोरानो भाइरस संक्रमण हुन नदिन वडा स्तरीय समन्वय समिति गठन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस