त्रिबेणी गाउँपालिका सल्यानमा चैत्र ८ देखी दादुरा रुबेला खोप लगाईने

फागुण, २९ सल्यान
सल्यानको त्रिबेणी गाउँपालिकाका १ हजार ३५१ बालबालिकालाई दादुरा(रुबेला खोप लगाइने भएको छ । दादुरा (रुबेला खोप अभियान अन्तर्गत आगामी चैत ८ गतेदेखि चैत १२ गते सम्म ९ महिनाभन्दा माथि र ५ वर्ष मुनिका बालबालिकालाई सो खोप लगाइने भएको हो ।
दादुरा तथा रुबेला रोग लाग्न नदिनका लागि दादुरा रुबेला खोप अभियान सञ्चालन हुन लागेको त्रिबेणी स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले जानकारी दिए । बालबालिकालाई दादुरा रुबेला रोगबाट बचाउन यो अभियान सञ्चालन गर्न लागिएको हो । दादुरा(रुबेला खोप अभियानका लागि गाउँपालिका भित्रका ६ वडाका बिभिन्न स्थानमा ३७ खोप केन्द्र बनाई १ जना स्वास्थ्यकर्र्मी र २ जना स्वयंसेवक परिचालन गर्ने तयारी गरेको जानकारी दिए । यसअघि नियमित खोप लगाएका वा छुटेका सबै बालबालिकालाई यो खोप लगाइनेछ । नेपालबाट सन् २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदैछ । बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनुपर्छ । नेपालमा २१ प्रतिशत बालबालिकाले पुर्ण खोप नलगाएको सरकारी तथ्यांक छ भने एक प्रतिशत बालबालिका पुर्णतः खोपबाट वञ्चित छन ।

प्रतिक्रिया दिनुहोस