मुक्तिनाथ विकास बैंक द्वारा मृतकको ३ लाख ७७ हजार ऋण मिनाह तथा राहत विरतरण

 

२२ फागुन सल्यान

मुक्तिनाथ विकास बैंकको साना तथा लघु बैंकिङ्ग डेस्क कार्यालय थारमारेका सदस्य श्री रमेश बुढाथोकीको मोटरसाईकल दुर्घटनामा परि मृत्यू भएकोले बैकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाह र तिरी सकेको साँवा व्याज तथा काज क्रिया बापतको रकम हस्तान्तरण गरीएको छ ।

बैंकले तिरीसकेको सावाँ र व्याज बापतको रकम १ लाख ८३ हजार ९६ रुपैयाँ र काजक्रीया बापतको रकम रु  ५ हजार हस्तान्तरण गरेको छ ।
त्यस्तै उनले तिर्न बाँकी रहेको कर्जा रु। ३ लाख ७७ हजार ३ सय ७३ रुपैयाँ पनि मिनाह गरेको छ ।

उक्त रकम स्वर्गिय बुढाथोकीकी श्रीमती अस्मीता बटालालाई बागचौर नगरपालीका नगर प्रमुख लोकमान बुढाथोकी र सिद्ध कुमाख गाउँपालीका वडा नं। ०१ का वडा अध्यक्ष राम बहादुर बस्नेत द्धारा सयुक्त रुपमा हस्तान्तरन गरेका थियो ।

मुक्तिनाथ विकास बैंक लि. थारमारे शाखाका शाखा प्रमुख गेहेन्द्र भट्टराई ले बैंक जनताको दुःखमा पनि सधै साथमा रहेर अगाडी बढेको साथै हरेक नेपालीहरुको सुख, दुःखमा तथा धनि देखि गरीबहरु लाई वित्तिय सेवा दिईरहेको साथै सामाजिक उत्तरदायीत्व मा सक्रिय भएर लागीरहेकोे बताउदै  दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवार जन प्रति गहिरो समवेदना प्रकट समेत गरेका थिए ।
उक्त कार्यक्रमको सहजीकरण मुक्तिनाथ विकास बैंक लि. साना तथा लघु बैंङ्गिक डेस्क श्रीनगरका डेस्क प्रमुख डिल्ली प्रसाद रानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस