मेरो बुवा कस्तो थियौ हेर्न पाइनँ मैले
ठुली भएँ याद आयो सम्झिरुन्छु अहिले
बाबाले नि छोडेका थे आमाले नि छोडिन्
बाउ बितेको १० वर्षमा घरबार किन जोडिन्??
न त ममको माया पाएँ न पाएँ बाको
खै कस्ले पो सुनिदेला दु:खीले गीत गाको???
हातमा पैसा हुन्न मेरो ल्याइदे भन्छ मासु,
दाइको पनि त्यो हालत छ,क्यारी रोक्थें आँसु !!!
हजुरबाबा भएका छन् डुब्न लाको घाम,
हजुरआमा बिरामी छिन्,केही सक्दिनन् काम!!!
कविता ः रिता वली (१५ )
उहाँ दार्मा गापा वडा नम्बर १ का सहिद क.खिम बहादुर वली(विदुर) को छोरी हुनुहुन्छ ।