५३ जना शहिद वेपत्ता परिवार जनलाई फाइवर सिरक र हिल ट्याङकी वितरण

२२ फागुन, सल्यान
सल्यानको बागचौर नगरपालिकाले नगर भित्रका ५३ जना शहिद तथा वेपत्ता परिवारजनलाई आज एक कार्यक्रमका विच प्रति परिवार १ थान फाइवर सिरक र १ थान हिल ट्याङकी वितरण गरेको छ ।


बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा, स्वागत मन्तव्य नगरका उपप्रमुख कल्पना पुनले राखेकी थिइन, कार्यक्रममा बोल्दै नगर प्रमुख लोकमान बुढाथोकीले शहिद वेपत्ता परिवारनको सम्मानका लागि गत वर्ष देखि यस्ता कार्यक्रम गर्दै आएको र त्यसको निरन्तरता स्वरुप यो वर्ष फाइवर सिरक र हिल ट्याङ्की वितरण गरिएको बताए । उनले भने, हिलट्याङकीको प्रयोगले शहिद वेपत्ता परिवारजनलाई पानीको समस्या समाधानमा थोरै भए पनि टेवा पुग्ने अपेक्षा गरिएको र
शहिद वेपत्ता परिवार जनको माग अनुसार आगामी दिनमा सिपमुलक आयआर्जनका कार्यक्रम समेत संचालन गरिने जानकारी गराएको थिए ।
कार्यक्रको संचालन बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले गरेका थिए ।
कार्यक्रममा ४५ भन्दा बढि शहिद परिवारको सहभागिता रहेको थियो ।
जनता संग जनता पानी संकलन कार्यक्रम अन्तर्गत शहिद वेपत्ता परिवार जनलाई १००० लिटर क्षमताका हिल ट्याङकी वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस