१७ फागुन, सल्यान
साढे २ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सल्यानमा एक बालकलाइ प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ निवासी २ वर्ष सात महिनाकी बालिकालाइ सोही ठाउँ बस्ने १३ वर्षीय एक बालकले गएको आइतवार बलात्कार गरेको भन्दै पीडितका आफन्तले सोमवार जिल्ला प्रहरी कार्यालय सल्यानमा मुद्दा दर्ता गराएका हुन् ।
स्थानीय विद्यालयमा कक्षा ६ मा अध्यनरत बालकले बालिकालाइ आफ्नो कोठामा बोलाएर बलात्कार गरेको पिडितका आफन्तले बताएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
छोरी रुंदै घरमा आएर घटनाबारे अभिभावकलाइ भनेपछि अभिभावकले प्रहरीलाइ खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिए।
बालकलाइ जिल्ला प्रहरी कार्यालय सल्यानको बाल अनुसन्धान कक्षमा राखेर निगरानी तथा थप अनुसन्धान भइ रहेको निमित्त प्रमुख वलिले बताए।अनुसन्धान भैरहेको र छिट्टै थुनछेकको आदेश दिने उनले बताएका छन।बालिकाको स्वास्थ्य परिक्षण जिल्ला अस्पताल सल्यानमा गरिएको छ ।