राष्ट्रपति रनिङ शिल्ड मावि किमुचौरले जित्यो

सल्यान, १६ फागुन ।

यस वर्ष पनि सल्यान कपुरकोटको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरले राष्ट्रपति रनिङ शिल्ड जीत्न सफल भएको छ । गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा उपराष्ट्रपति चिल्डे«न गेम प्रतियोगीतामा वडा नं ४ स्थित राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरले शिलड आफ्नो पोल्टामा पारेको हो । प्रतियोगितामा मावि किमुचौरले १६ स्वर्ण, ११ रजत र ४ कास्य पदक जीत्न सफल भएको कपुरकोट खेलकुद विकास समितीले जनाएको छ । गत वर्ष पनि किमुचौरले शिल्ड जितेको थियो ।

यस्तै १० स्वर्ण, ८ रजत र ९ कास्य पदक हात पार्दै कपुरकोट ५ मा रहेको जीवनज्योती माध्यामिक विद्यालय दोश्रो भएको खेल कुद विकास समिती कपुरकोटका अध्यक्ष द्रोण केसीले जानकारि दिए । उनका अनुसार कपुरकोट ६ छायाँनाथमा रहेको भवानी माध्यामिक विद्यालयले २ स्वर्ण, ६ रजत र ८ कास्य पदक जित्दै तेश्रो भएको छ । प्रतियोगिता अन्तर्गत २२ विधाका खेलहरु संचालन गरिएको थियो ।

प्रतियोगितामा प्रथम, दितृय, तितृय हुने विद्यालय तथा खेलाडिहरुलाई गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिका प्रमुख भिम बहादुर सेनले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । गत फागुन ७ गते जीवनज्योती मावि रीममा उद्घाटन भएको प्रतियोगिता झरि परेर खेल मैदान हिलाम्य भएपछि विचमा स्थगीत गरेर १५ गते विहिबार अबेर समापन गरिएको थियो ।

विद्यालय स्तरबाटै खेलाडिहरु उत्पादन गर्ने उद्देश्य अनुरुप सञ्चालन गरिएको प्रतियोगिताबाट धेरै विद्यार्थी खेलाडिहरुको प्रतिभा देखिएको र उनीहरुले आफुलाई निखार्ने अवसर पाएको अध्यक्ष सेनले बताएका छन् । साथै उनले अव केहि समयमै गाउँपालिकाभरि वडा अध्यक्ष कप तथा गाउँपालिका अध्यक्ष कप सञ्चालनको तयारि पनि भइरहेको जनाए ।

प्रतिक्रिया दिनुहोस