सल्यानमा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

सल्यान । मोटर साइकल दुर्घटनाम परि सल्यामा एक जनाको ज्यान गएको छ । जिल्लाको शिद्दकुमाख गाउँपालिका –१ निवासी २९ वर्षीय रमेश बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहान मोख्लाबाट पटारे जाँदै गर्दा पटारेखोलमा सडकबाट करिब ६ मिटर तल खोलामा बाइक खसेको थियो । बुढाथोकीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
रा ३ प ८८८८ नम्बर मोटर साइकलमा सवार बुढाथोकीको के कारणले दुर्घटना भएको भन्ने विषयमा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख इन्सपेक्टर उमाकान्त जोशीले जानकारी दिनुभयाे । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस