७ फागुन, सल्यान
सल्यानमा जारी प्रादेशीक महोत्सव २०७६ मा बाल गायिका कमला घिमिरेकोका साथै गायक विक्रम राना, गायक यज्ञ विक, हास्यकलाकार कुल बहादुर वली, मोडेल रुविना आधिकारी, लक्ष्मी राई लगायकाका कलाकारहरुको प्रस्तुती रहेका थियो ।
महोत्सवमा अहिले सम्मकै बढि १५ हजार दर्शकले अवलोकन गरेका छन ।
महोत्सवको नवौ दिन अर्थात फाल्गुन ८ गते चर्चीत कलाकार राजु परियार, कमल गाउँले लगायतका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएकोछ ।
सल्यान उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव माघ २९ देखि संचालन भई फाल्गुन ११ गते समापन हुने छ ।