स्वर्गीय आमाबुबाको सम्झनामा छोराहरुले गरे विद्यालयलमा २ लाखको अक्ष्यकोष स्थापना

फागुन ६, सल्यान
सल्यान बागचौर नगरपालिका वडा नं. ८ निवासी स्वर्गीय आमा तुली बुढाथोकी र बुवा कुल बहादुर बुढाथोकीको सम्झनामा छोराहरु क्रमश लक्षीराम बुढाथोकी, हरिहरु बुढाथोकी , बानपा का नगर प्रमुख समेत रहेका लोकमान बुढाथोकी,
र  गंगाराम बुढाथोकीले बानपा ८ कै कालिका मावि मा २ लाख रकम बरावरको अक्ष्यकोष घोषणा गरेका छन ।
कालिका माविको ४५ औं वार्षिकोत्सवको अवसरमा सो कोष घोषणा गरिएको हो ।
गरिव तथा जेहनदार विद्यार्थी हरुको लागी छात्रवृति प्रदान गर्ने उदेस्यले २लाख बराबरको अक्ष कोस घोषणा गरिएको साइला छोरा तथा बानपाका प्रमुख लोकमान बुढाथोकीले बताए ।
कुल बहादुर बुढाथोकि र तुली बुढाथोकी स्मृति नामक अक्ष कोषको स्थापना गरिएको हो ।
जसको ९० प्रतिशत व्याजबाट २ जना छात्रछात्रालाई छात्रवृति प्रदान गरिने छ । बाँकी १० प्रतिशत रकम कोषमै जम्मा हुने कान्छा छोरा गंगाराम बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस