सल्यानमा १७ वर्षीया कोशोरीको हत्या

फागुन ३, सल्यान ।

सल्यानमा एक कोशोरीको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
शुक्रबार परेको ‘प्रणय दिवसको’ राति त्रिबेणी गाउँपालिका १ तल्लो काभ्राकी अन्दाजी १७ वर्षिया कविता बोहराको ह’त्या गरिएको अबस्थामा शव फेला परेको हो ।

प्रहरीलाई घरपरिवारले दिएको जानकारी अनुसार शुक्रबार राति ९ बजेसम्म कतिवाले कोठमा एक्लै पढिरहेकी थिइन्, त्यसपछि सबै सुतिसकेका थिए । राति एकबजेतिर कविताका भतिजाले ९साना बालक० बिरामी भएर बमेड गर्दा सबै बिउझिए । कवितालाई पनि उठाउन खोज्दा कविता कोठामा भेटिइनन् । खोजिकार्य घर नजिकैको गाइबस्तु बाँध्ने आगनमा मृ’त अवस्थामा फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार शव घाँटीमा धारिलो हति’यार प्रहार गरेर हत्या गरिएको अवस्था फेला परेको छ । घटनास्थलमा आज बिहान ३ बजे प्रहरी पुगेको र अनुसन्धान गरिरहेको डिएसपी खतिवडालेबताए ।

प्रतिक्रिया दिनुहोस