२ फाल्गुन, सल्यान
सल्यानको थारमारेमा रहेको सभ्यता एकेडेमीमा विहिवार सभ्यता साहित्यिक बाल क्लब गठन गरिएको छ । लुकेर रहेका प्रतिभा प्रस्फुटन र साहित्यिक भावना जगाउने मुख्य उदेश्यका साथ ७ सदस्यीय बाल क्लबको गठन भएको हो ।
जसको अध्यक्ष्यमा कक्षा ४ का सुरेश रेउले
कक्षा ४ कै अंशु बोहरा उपाध्यक्ष , कक्षा ३ का लक्ष्मण रेउले सचिव छन् । त्यसैगरी सदस्यहरूमा कक्षा ४ की जमुना घर्ती , कक्षा ३ कै जेनिशा वी क , रिदम बुढामगर र वर्षा वली रहेका छन छन् ।
बाल क्लबले ञसाहित्य संस्कारझ नामक बाल भित्ते पत्रिका प्रत्येक शुक्रबार प्रकाशित गर्नेछ ।
विद्यालयका प्रिन्सिपल श्री भरत कुमार बस्नेतको संयोजकत्वमा बाल क्लब गठन भएको हो ।