२ फाल्गुन, सल्यान ।
सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा रहेको शारदा बचत तथा ऋण सहकारी संस्थाले १९ औं वार्षिकोत्सवको अवसरमा गौतम बुद्ध अन्तराष्ट्रिय त्रिकेट रंगशालाको लागि सहयोग गरेको छ ।
संस्थाले विगत देखि नै सामाजिक कामलाई निरन्तरता स्वरुप यो पटक रंगाशाला निर्माणका लागि सहयोग गरेको हो ।
धुर्मुस सुन्तली फाउन्डेशनको नाममा संस्थाले ११ हजार एक सय एघार रुपैया सहयोग गरेको हो ।
अध्यक्ष कुमार बुढाथोकीको अध्यक्षतामा सुरु भएको वार्षिकोत्सव कार्यक्रममा लेखा समिति संयोजक जंग बहादुर विष्टको स्वागत मन्त्व्यबाट सुरु भएको कार्यक्रममा , संस्थाका सल्लाहकार विर बहादुर सेजवाल, पूर्व अध्यक्ष केशब बहादुर बुढाथोकी, र पत्रकार महासंघ सल्यानको कोषाध्यक्ष योगराज विश्वकर्माले स्वागत मन्तव्य राखेको थिए ।
कार्यक्रममा शेयर सदस्य, तथा अन्य व्यापारी बुद्धिजिवीहरुको समेत सहभागिता रहेको थियो ।
सहयोग रकमको चेक धुर्मुस सुन्तली फाउन्डेशनको खातामा जम्मा गरिएको छ ।