दोस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता बानपा १० पिपलनेटामा सुरु

बागचौर नगरपालिका वडा नं.१०को दोस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता मंगलवार देखी पिपलनेटामा सुरु भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले,बागचौर नगरपालिका वडा नं.१० को पहिचान खेल क्षेत्रमा छुट्टै किसिमको रहेको बताएका छन् ।उनले वडा नं.१० का खेलाडीहरुले राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमै सहभागी भएर उचित स्थान हासिल गर्न समेत सफल रहेको बताएका हुन ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले बागचौर नगरपालिकाको समृद्धिका लागी सम्पुर्ण बिकास निर्माणका कार्यमा जनता र जनप्रतिनिधि हरुले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताएकाहुन ।बुढाथोकीले बागचौर नगरपालिकामा भने जति काम नभएपनी आफ्नो बाकी कार्यकाल भित्र जनताको आशा र अपेक्षा बमोजिमका कार्यहरुलाई सम्पन्न गर्ने बताएका थिय ।कार्यक्रममा बागचौर नगरपालिकाकी,उपप्रमुख कल्पना पुनले,बागचौर नगरपालिका भित्रका सम्पुर्ण,खेलाडीहरुको पहिचान गरि,बिभिन्न खेलहरुमा खेलाडीहरुलाई, राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तर सम्म पुर्‍याउने लक्ष्य रहेकाले त्यसमा आफुहरु लागी परेको बताएकी छ्न ।कार्यक्रमकी बिशिस्ट अतिथि समेत रहेकी पुनले,खेलाडीको रुची चाहाना र संभावनालाई मुल्यांकन गर्द्वै खेल क्षेत्रमा बजेट बिनियोजन गरिने बताइन्।उनले आफ्ना सन्ततिलाई खेलक्षेत्रमा हौसला प्रदान गर्नको लागी, अभिभावकको पनि महत्त्वपूर्ण भुमिका रहने भएकाले त्यस्तो बाताबरण गराइदिन नगर भित्रका सम्पुर्ण अभिभावकहरुलाई आग्रह गरेकी थिन ।

माघ २४ गते सम्म संचालन हुने वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका,प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले,पछिल्लो समयमा खेल क्षेत्र फराकिलो भएको बताएका छ्न ।उनले खेल क्षेत्रको राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरसम्म छुट्टै पहिचान हुने भएकाले यस्को बिकासमा अझै तिब्रताका साथ लाग्नु पर्ने बताएका छ्न ।


बागचौर नगरपालिका वडा नं.१० का वडा अध्यक्ष कृष्ण खड्काको अध्यक्षता तथा वडा सदस्य बृन्द्वा गीरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा,बागचौर नगरपालिकाका वडा न नं.१ वडा अध्यक्ष नेत्रबहादुर डाँगी,वडा नं.८ का वडा अध्यक्ष रोमु शाही,बागचौर नगरपालिका स्वास्थ्य शाखा निमिक्त प्रमुख धनिराम केसि,अखिल नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य मोहन बुढाथोकी,बागचौर नगर अध्यक्ष,उमेश कुमार बुढाथोकी लगाएतकाले कार्यक्रम सफलताको शुभकामना राखेका थिय ।


यस्तै दोस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता कार्यक्रममा,इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख लिलाभक्त बादे,बिभिन्न बिधालय अध्यक्ष, प्र.अ,नगरपालिकाका कर्मचारी लगाएतको उपस्थिति रहेको थियो । वडा अध्यक्ष कप खेलकुदमा, बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिने वडा अध्यक्ष कृष्ण खड्काले बताएका छ्न ।उक्त कार्यक्रमको संचालन शिक्षक तिलक लामी छानेले गरेका थिय ।

यस्तै मंगलबार नै बागचौर नगरपालिका वडा नं.१० पिपलनेटामा एक कार्यक्रमका बिच बागचौर नगरप्रमुख लोकमान बुढाथोकीले प्रसुती सेवा केन्द्र उद्घाटन गरेका छ्न।
वडाका गर्भवती महिलाहरुलाई सुत्केरी गराउन सजिलो होस भनेर उक्त सेवा केन्द्रको उद्घाटन गरिएको वडा अध्यक्ष कृष्ण खड्काले जानकारी दिय ।

प्रतिक्रिया दिनुहोस