सल्यानको ग्रामीण साकोसले रजत जयन्ती मनाउदै

माघ २१, सल्यान ।
सल्यानको ग्रामिण वचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । शारदा नगरपालिका २ खलंगामा रहेको जिल्लाको पुरानो सहकारीले २५ औँ स्थापना दिवस तथा रजत जयन्ती मनाउन लागेको हो ।
सहकारीले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर खलंगा बलमन्दिर सभाहल टुडिखेलमा माघ २८ गते रजतजयन्ती स्तम्भ अनवरण तथा सम्मान र पुस्कार वितरण समेत गर्नेछ ।
सहकारीले माघ २३ गते जिल्लाका २ विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सन्चालन गर्ने जनाएको छ । जिल्लाको खलंगामा रहेको त्रि।ज।मा।वि।लुहापिङ्ग र श्रीनगरमा रहेको शिवजन मा।वि।सितलपाटीमा विद्यालय स्तरिय साक्षरता कार्यक्रम गर्न लागिएको अध्यक्ष धिरेन्द्र शाक्यले जानकारी दिएका छन ।
त्यस्तै माघ २४ गते त्रिभुवन जन मा।वि। लुहापिङ्गमा खलंगामा वक्तृत्व कला प्रतियोगिता राखिएको छ । अध्यक्ष शाक्ले शारदा नगरपालिकाका सबै विद्यालयलाई समेटिनेगरी राखएिकोले सहभागितालाई सबैमा अनुरोध गरेका छन ।
त्यस्तै माघ २५ गते सल्यान अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिनेछन भने २६ देखि २८ गतेसम्म सम्पुर्ण सदस्यको घरघरमा दिपावली गर्ने कार्यक्रम राखिएको सूचना तथा सन्देश सबै सदस्यहरुलाई प्रदान गरिएको सचिव सनत कुमार शर्माले जानकारी दिएका छन ।
सहकारीले जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरबाट पनि सेवा दिन लागेकोले माघ २७ गते श्रीनगरमा प्रारम्भिक सेवा केन्द्रका नाममा रहेको सेवाकेन्द्र उद्घाटन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस