खेती संगै पशुपालन ब्यवशायलाई पनि अघि बढाउनुपर्ने : अध्यक्ष सेन

शंकर के.सी.
सल्यान, २० माघ .

किसानका लागी बेमौसमी तरकारी खेती देखी सुन्तला खेती प्रविधि सम्मको तालिम कपरकोटमा सुरु भएको छ . कपुरकोट गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सोमबार देखी विभिन्न कृषक समूहका ३) जना सहभागीलाई तालिम सुरु गरिएको हो . बुधबार तालिम सकिने कृषि विकास शाखा प्रम’ख प्रास टिका कुमारी राईले जानकारी दिइन् .

तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले कृषि संगै पशुपालन व्यवशायलाई पनि संगसंगै लैजानुपर्नेमा जोड दिए , अर्गानीक तरकारि उत्पादन गर्न किसानहरुलाई आग्रह गर्दै उनले कम्पोष्ट मल उत्पादनका लागी पशुपालन ब्यवशायलाई संगै अगाडी बढाउन’पर्ने बताएका हुन् . कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले प्राप्त ज्ञान, सिपलाई उपयोग गरेर आफ्नै खेतबारीमा परिश्रम पोख्ने हो भने मनग्य आम्दानी गर्न सकिने बताए . उनले किसानको साथमा स्थानीय सरकार रहेको बताए . कृषक मुल समिति कपुरकोटका अध्यक्ष ईश्वर बुढाले राज्यले कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरु निरन्तर ल्याइरहेको जनाउदै यसलाई उपयोग गरेर किसानले व्यवशायीक खेती मार्फत आर्थीक स्तर माथी उठाउनुपर्ने बताए .
तालिममा अद’वा वाली अनुसन्धान कार्यक्रमका कृषि प्राविधिकहरु रमेश चौधरी, सुर्य भुसाल लगाएत कृषि विकास शाखाका प्रशिक्षकहरुले बेमौषमी तरकारि खेती र यसका सिद्धान्त, नर्सरी व्यवस्थापन लगाएतका विषयमा प्रशिक्षण दिने छन् . यस्तै तालिममा तरकारी बालीमा प्रयोग हुने ट्रयाप तथा विषादी सम्बन्धी, रोग किरा ब्यवस्थापन, एकिकृत शत्र’जीव व्यवस्थापन सम्बन्धी जानकारि प्रदान गरिने कृषि विकास शाखाकी नाप्रास कमला वलीले जानकारी दिइन् .

साथै टनेल भित्र गोलभेडा खेती, लहरे वाली खेती, स’न्तला खेती, वाली उप्रान्त पोष्ट हार्वेष्ट, माटो सम्बन्धी, कम्पोष्ट मल उत्पादन र मलखाद व्यवस्थापन सम्बन्धी जानकारी पनि तालिममा प्रदान गरिने उनले जनाईन् .

प्रतिक्रिया दिनुहोस