सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं.८ मा अवस्थित छ सुन्दर कुपिण्डेताल ।
सदरमुकाम खलंगाबाट करिब २४ किलोमिटरको यात्रा तय गरेपछि कुपिण्डेताल
पुग्न सकिन्छ ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण ताल वरिपरी अग्ला पहाडले घेरिएको हरियाली वनको विचमा रहेको छ ।
समुन्द्री सतहबाट ११२० मिटर उचाइमा रहेको तालको कुल क्षेत्रफल २३.५३ हेक्टर रहेको छ ।
३४ मिटर गहिराई रहेको तालको लम्बाई ८३४ मिटर रहेको छ ।
यो तालको रंग मौसम अनुसार फेरिने गर्दछ , साथै वरिपरी जंगल भएपनि तालमा कुनै पनि पात पतिंगर देखिदैन ।
पछिल्नो समयमा यस तालमा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ ।
पर्यटकहरुको जल यात्राका लागि दर्जन बढि डुंगा संचालनमा रहेका छन । यहाँ घुम्न आउने पर्यटकहरुले यस ताललाई मिनी राराको शंज्ञा दिने गरेका छन ।
हेर्नुहोस तस्विरमा कुपिण्डेताल