सल्यान जिल्लाका सम्पुर्ण नगर र गाउँपालिकामा बालविवाह न्यूनीकरण सम्बन्धि सन्देश फैलाउने अभियान चालेको सल्यान प्रहरीले,बागचौर नगरपालिकामा पनि चेतनामूलक शन्देस सहितका स्टिकर टास्ने अभियान सुरु गरेको छ ।
आइतबार बागचौर नगरपालिकामा भएको बालविबाह न्यूनीकरण सम्बन्धी सरोकारवालाहरु लाई जनचेतनामूलक स्टिकर लोकार्पण तथा अभिमुखिकरण कार्यक्रमको उद्घाटनमा बोल्दै,बागचौर नगरपालिकाका,नगरप्रमुख लोकमान बुढाथोकीले आफुहरुले,उक्त अभियानलाई पुर्नरुपमा सफल बनाउन लागीपरेको बताएका छन् ।” नेपाल प्रहरी,जनप्रतिनिधि र सरोकारवाला निकाएको अगुवाईमा बागचाैर नगरपालिका भित्रका करिब सात हजार घरधुरीमा स्टिकर टासिने उनले बताएका हुन ।कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका नगरप्रमुख बुढाथोकीले बिद्यालयमा उक्त कार्यक्रम अझै प्रभाबकारी हुने भएकाले नगर भित्रका बिद्यालयहरुमा कार्यक्रम गर्नको लागि आवश्यक बजेट नगरपालिकाले बिनियोजन गर्ने प्रतिबद्धता समेत गरेका थिय ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले,बालविवाह सामाजिक कुसंस्कारको रुपमा रहेकाले त्यसको अन्त्य गर्न जिल्ला प्रहरी कार्यालय सल्यान र जिल्लाका सम्पुर्ण स्थानीय तहहरु एकै साथ लागी परेको बताएका छन् ।प्रमुख जिल्ला अधिकारी न्यौपानेले बालविवाहले समाजमा बिभिन्न रुपमा बिकराल समस्या देखा पर्दै गएकाले त्यसको अन्त्यमा लाग्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरीकार्यालय सल्यानका प्रहरी प्रमुख, ढकेन्द्र खतिवडाले बालबिबहाले गर्दा आत्महत्याको बाटो रोज्ने, सम्बन्ध बिच्छेद र स्वास्थ्यमा पनि ठुलो असर पर्ने भएकाले बालविवाह गर्ने केटाकेटी , केटाकेटीका आमा-बुवा, ज्योतिष पण्डित लगायत बिबाहमा उपस्थित जन्तिहरुलाई समेत तिन बर्ष सम्मको जेल सजाय र तिस हजार सम्म जरिवाना सजाय हुनासक्ने कानुनी प्रावधान रहेकोले, त्यस तर्फ सचेत रहन सबैलाई आग्रह गरे ।बालविवाहको मुख्य जड भनेको,गरिवी,अशिक्षा,चेतनाको कमि, सामाजिक संजालको दुरुपयोग, देखासिकी गर्ने प्रवृत्ति,सामाजिक तथा सांस्कृतिक रुढीबादी र कुसंस्कार लगाएत धेरै कारण रहेकाले त्यस तर्फ पनि ध्यानदिन नगरवासी र सरोकारवाला निकायहरुलाई अनुरोध गरेका थिय ।कार्यक्रममा बोल्दै प्रहरी प्रमुख खतिवडाले ,बालबिबहा न्यूनीकरणका लागि सल्यान जिल्ला भित्रका ९४ जना पन्डितहरुलाई , ६९ जना ज्योतिष /जैसी लगाएत,सल्यान जिल्लाका बिवाहा कार्ड छाप्ने छापाखानाका संचालकहरुलाई चेतनामूलक कार्यक्रमहरु संचालन गरिसकेको बताएका थिय ।
बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले जनचेतनामुलक स्टिकर टास्ने अभियानमा आफुहरु तदारुकताका साथ लागी पर्ने र बालविवाह न्यूनीकरणका बिभिन्न कार्यक्रमहरु आफुहरुले आयोजना गर्ने बताएकी थिइन ।
बागचौर नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय थारमारेको सह आयोजनामा भएको कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी , उपप्रमुख कल्पना पुन , प्रमुख जिल्ला अधिकारी चुडाराज न्याैपाने , प्रहरी नायबउरिक्षक ढकेन्द्र खतिवडा , बागचौर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत धनिराम के.सी , वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , संघसस्थाका प्रतिनिधिहरु , आमा समुहका सदस्यहरु , कर्मचारीहरु , लगाएतको उपस्थिति रहेको थियो ।
आत्महत्या कायरता हो,२० बर्ष पुरा नभई बिवाहा गर्नु र गराउनु दण्डनीय अपराध हो भन्ने मुलनारा सहित,सर्वसाधारणको लागी आकस्मिक फोन नम्बरहरु अङ्कित स्टिकरको ,बागचौर नगरपालिकाका नगरप्रमुख,प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुखले संयुक्त रुपमा उद्घाटन गरेका थिय ।