शारदा नगरपालिकाद्वारा कारगारका महिलाहरुलाई लाई स्यानेटरी प्याड र बालबालिकालाई शैक्षिक सामाग्री वितरण

माघ १५, सल्यान ।

सल्यानको शारदा नगरपालिकाले सल्यान कारागारमा रहेका महिला कैदिबन्दिका लागि सेनेटरी प्याड र उनिहरूसंगै बस्ने बालबालिकालाइ पाठ्यसामग्री सहयाेग गरेकाे छ । नगर प्रमुख सुरेश अधिकारीले बुधबार कैदिका बालबालबालिका र महिला कैदिबन्दिका लागि पठनपाठन सामग्री र सेनेटरी प्याड वितरण गरेका हुन् ।

कारागारमा रहेका ४ बालबालिकाहरुका लागि अध्ययन गर्न सहयोग पुर्याउने उद्देश्यले एक थान ह्वाइट बोर्ड, ३ दर्जन कपि, पेन्सिल र मार्कर वितरण गरिएको छ । त्यस्तै १८ जना महिला कैदी बन्दिका लागि एक बर्ष पुग्ने प्याड बितरण गरिएको हो ।

सामग्री बितरण गर्दै प्रमुख अधिकारिले कैदी बन्दी हरुको माग अनुसार नगरले पटक पटक सहयोग गरिरहेको भन्दै आवश्यक सहयोग जारिराख्ने पनि बताएका छन । उनले कैदिकाे पनि जिवन भएकाे भन्दै उनिहरूकाे स्वस्छ हुने अधिकार भएकाे बताए ।

प्रतिक्रिया दिनुहोस