सिद्ध कुमाख गाउँपालिकामा दोस्रो रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

दियो अनलाइन
माघ ११, सल्यान
सल्यानको शिद्वकुमाख गाउँपालिकाले दोस्रो रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको, उद्घाटन कार्यक्रम शुक्रबार देखी सुरु गरेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ सिद्ध कुमाख गाउँपालिकाको आयोजनामा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको, उद्घाटन कार्यक्रममा बोल्दै शिद्वकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले,खेल क्षेत्रको बिकासमा आफुहरु निरन्तर रुपमा लागी परेको बताएका छ्न ।उनले गाउँपालिका भित्र रहेका खेलाडीहरुको प्रतिभा बिकासको लागी गाउँपालिकाले रकम बिनियोजन गरेर धेरै खाले कार्यक्रमहरु संचालन गरि रहेको बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चलाउनेले खेलक्षेत्रमा गुणात्मक प्रगति गर्नको लागी गाउँपालिकाले अझै रचनात्मक कार्यक्रमलाई अगाडि बढाउने बताए ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सिद्ध कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले नेपाल र नेपालीलाइ खेलकुदको माध्यमबाट जोड्नको लागि नेपालमा राष्ट्रपति रनिङ शिल्ड शुरु भएको बताउदै,सिद्ध कुमाख गाउँपालिका भित्रका ६ वटै मावि बाट प्रतियोगितामा सहभागि भएका खेलाडी हरुलाइ मर्यादित अनुशासित र लगनशिल भएर खेल खेल्न आग्रह गरेका थिय ।
गाउपालिकाका कर्मचारी कमल चन्दको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा वडा नं. १ अध्यक्ष राम बहादुर बस्नेत ३ का वडा अध्यक्ष शालिकराम बुढाथोकी,४ का कार्यबाहक वडा अध्यक्ष बिर बहादुर खड्का,वडा नं. ५ का वडा अध्यक्ष नन्दलाल बोहरा,बिधालयहरुको तर्फबाट निराजन माध्यमिक बिधालयका प्र.अ धर्मराज घर्ती लगाएतकाले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिय ।उनिहरुले विगतका दिनहरुमा राजतन्त्र हुदाँ राजाका नामबाट रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने गरेकोमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पश्चात २०७० सालदेखि निरन्तर रुपमा जिल्ला स्तर र २०७३ देखि स्थानीय तहको पुर्नसंचरणा पछि राष्ट्रपतिको नाममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित संचालन हुदै आएको समेत बताएका थिय । निराजन माविको विशेष स्वागत प्रस्तुतिबाट सुरु भएको रनिङ शिल्ड प्रतियोगितामा सामाजिक विकास समिति संयोजक तथा २ नंं वडाअध्यक्ष एवंम दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ का कार्यक्रमका संयोजक रुद्र बुढाथोकीले कार्यक्रमको पृष्ठभूमि समेत स्पष्ट पारेका थिय । तिन दिन सम्म सञ्चालन हुने रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा बिधालयहरुको सहभागीता रहेको थियो भने,छात्र/छात्रा भलिवल, कवडडी, शटपुट, दौड , लंगजम्प, हाइजम्प र त्रिपलजम्प गरी १८ वटा छुट्टा छुट्टै खेलहरु सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस