३ जिल्लाका सुरक्षा समितिको बैठक रुकुम पश्चिममा सम्पन्न

ज्ञानु गौतम ,

माघ ५ , रुकुम पश्चिम


अन्तर जिल्ला सुरक्षा समितीको बैठक चौरजहारिमा सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकमा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, सल्यानका प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगाएत रुकुम, सल्यान जाजरकोट जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको थियो । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा बसेको बैठकले कसरी शान्ती सुरक्षालाई प्रभावकारी बनाउन जिल्ला विच समन्वय गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो

मदिरा नियन्त्रण, बिपत ब्यवस्थापन, लागु औषध नियन्त्रण, राजमार्ग अबरुद्ध हुननदिने लगाएतका विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए, बैठकमा सुरक्षा अंगका प्रमुखले आआफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्थाको बारेमा रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस