अवदेखि सल्यानका छापाखानाहरुले २० वर्ष मुनिका केटा र केटीको विवाहकार्ड नछाप्ने

माघ ३, सल्यान
समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्ला स्थित संचालन भएका छापाखानाका संचालकहरुलाई भेला गरि जिल्ला प्रहरी कार्यालय सल्यान र छापाखाना संचालकहरु संग छलफल गरि
बर, बुधुको विवाह कार्ड छाप्नु पर्दा २० वर्ष मुनिका केटा र केटीको कार्ड नछाप्ने साम्हिक प्रतिबद्धता गरेका छन ।
प्रतिबद्धता बमोजिम जिल्लाका छापाखानाहरुले कार्ड छाप्दा केटा र केटीको जन्म दर्ता हेरेर २० वर्ष पुगेको भएमा मात्र कार्ड छाप्ने छन ।
बालविवाह न्यष्ूनिकरण सम्बन्धी छलफलमा जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडा, प्रहरी निरिक्षक लक्ष्मण वली, जिल्ला स्थित क्रियासिल पत्रकार र छापाखाना संचालकहरुको उपस्थिति रेहेको थियो ।
यो कामले बाल विवाह न्यूनिकरणमा टेवा पुग्ने डिएसपी खतीवडाले बताए ।
प्रतिबद्धता अनुरुप काम गर्ने छापाखाना संचालहहरुले बताएकाछन ।

प्रतिक्रिया दिनुहोस