पुस २८, सल्यान । सल्यान प्रहरीले २८ सय लिटर बढीको घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । एक हप्ताको अवधिमा प्रहरीले शारदा नगरपालिकाको विभिन्न बजार क्षेत्रबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर आइतबार नष्ट गरेको हो ।
मदिरा शानपाको खलंगा, तिलचौर, साईलाकम्द, संगीत टोल, श्रीनगर, पटनेरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । जहाँबाट २७ सय लिटर जाँड , १ सय ८७ लिटर मदिरा र १५ सेट मदिरा बनाउन प्रयोग हुने भाँडाकुँडा नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख ९डिएसपी० ढकेन्द्र खतिवडाले बताए ।
उक्त मदिरालाई जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय शितलपाटीमा पत्रकार र व्यापारीहरु रोहवरमा आइतबार नष्ट गरिएको हो । सल्यानमा यसअघि पनि प्रहरीले विभिन्न समयमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिएरको थियो ।
नियन्त्रणमा लिइएका मदिरा बनाउने भाँडाकुँडाहरुलाई स्टोरमा राख्ने गरेको र विभिन्न मन्दिर तथा संघ संस्थाहरुलाई सहयोग गर्ने गरेको डिएसपी खतिवडाले बताए । प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिएपनि कानुनले बिक्री गर्न दिएको शिलबन्दी मदिराले दुर्घटना निम्त्याएको कतिपयको बुझाई छ । जसलाई संबिधानमा नै बिक्री वितरण गर्ने अधिकार छ ।