पुष २७, सल्यान
सल्यान उद्योग वाणिज्य संघ सल्यानले आफ्ना व्यवसायीको निधन भएपछि मृतकका परिवारलाई पुष २६ गते राहत रकम प्रदान गरेको छ ।
सल्यानको मोखलामा व्यवसाय गर्ने स्व. पवन कुमार बस्नेतको परिवारलाई राहत स्वरुप नगद रु. २५ हजार सहयोग रकम हस्तान्तरण गरिएको हो ।
उवासंघ सल्यान अध्यक्ष विर बहादुर चलाउने, निवर्तमान अध्यक्ष सुदन श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकी, महासचिब भरत बस्नेत, सदस्य असोक बोहरा, विकास डाँगी सल्लाहकार हरि प्रसाद न्यौपानेको उपस्थितीमा राहत रकम हस्तान्तरण गरिएको हो ।
उद्योग वाणिज्य संघ सल्यानको विधान २०५१ को दफा ५५ अनुसार संघका साधारण सदस्यहरुले जुन आ.व.मा. दुर्घटना वा मृत्यु भएको हो सोही आ.व.सम्ममा दर्ता तथा नविकरण गरेका व्यवसायिका परिवारजनलाई राहत रकम प्रदान गर्ने गर्दछ ।