पुस २६, सल्यान ।
सल्यानको प्रमुख व्यापारी केन्द्र श्रीनगर बजारमा झण्डै दुई बर्षपछि बजार व्यवस्थापन समिति गठन गरिएको छ ।
सल्यान उद्योग बाणिज्य संघको पहलमा हपिस भण्डारीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरिएको हो ।
जसमा बरिष्ठ उपाध्यक्षमा देबराज घिमिरे, उपाध्यक्ष धन बहादुर पुन, महासचिव गोर्कण बुढाथोकी, सचिव युबराज थापा, कोषाध्यक्ष रण बहादुर खड्का लगाएत ९ जना सदस्यहरु चुनिएका छन । नयाँ कार्यसमिती चयन छत्रेश्वरी गाउपालिका अध्यक्ष सन्तोष केसी, नेकपा शारदा नगरकमिटी अध्यक्ष नवीन भडेल, नेकपाका नेता राम खड्की, उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष सुधन श्रेष्ठ, अध्यक्ष बिर बहादुर चलाउने, बरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकी, महासचिव भरत बस्नेत लगाएतको उपस्थितमा बजारका सम्पुर्ण ब्यापारीको सहमतिमा गरिएको हो ।
बजार व्यवस्थापन समिति गठनपछि नयाँ कार्य समितिको बैठक बस्दै बजार व्यवस्थापन समिति चयनको लागी पहल गरेकोमा उद्योग बाणिज्य संघ लाई धन्यबाद ज्ञापन गर्ने निर्णय गरेको र पुरानो समितिमा भएको आर्थिक हिसाबकिताब पनि मिलाउने निर्णय गरेको अध्यक्ष हपिस भण्डारीले जानकारी दिएका छन । नयाँ गठित कार्य समितिले आगामी दिनमा बजार लाइ सफा बनाई व्यवस्थित गर्ने निर्णय गरेको र कार्यसमितिले आगमी सोमबार बैठक बसेर थप निर्णय गरेर अगाडी बढने भण्डारीले बताए ।