पृथ्वी जयन्तीका अवसरमा पौष २७ गते शारदा नगरपालिकामा सार्वजनिक विदा

२५ पौष, सल्यान
शारदा नगरपालिकाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा पौष २७ गते सार्वजनिक विदा घोषणा गरेको छ ।
नगरपालिका भित्रका सबै सरकारी तथा गैर सरकारी संस्था, विद्यालय लाई सार्वजनिक विदा दिइएको छ ।
ठकुरी सहयोग संजाल सल्यानले जिल्ला प्रशासन कार्यालय सल्यान र शारदा नगरपालिका को नगरकार्यपलिकाको कार्यालय लाई पुस २७ गते आइतबार पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस को दिन सार्वजनिक बिदा को लागि माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

नगरपालिकाले विदा स्वीकृत गरेकोमा संजालले खुशी व्यक्त गर्नुका साथै पौष २७ गते पृथ्वी जयन्ती मनाउने संजालका अध्यक्ष अभिषेक हमालले बताए ।

 

प्रतिक्रिया दिनुहोस